देश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आयोगको टोलीले बिहीबार यातायात कार्यालय सुकेधाराका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो ।
विदेशी सवारीचालक अनुमतिपत्र लाइसेन्सलाई नेपालीमा नवीकरण गरी सेवाग्राहीबाट मोटो रकम असुलेको भेटिएपछि अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १३, २०७४ १६:१४
प्रतिक्रिया दिनुहोस्