site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल, भारत र बंगलादेशबीचको ह्विलचेयर क्रिकेट हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा प्रथम अन्तर्रा्ष्ट्रिय ह्विल चेयर त्रिकोणीय टि – ट्वान्टी क्रिकेट सिरिज हुने भएको छ । नेपाल व्हिलचेयर क्रिकेट एसोसिएसनको आयोजनामा बिहिबारबाट काठमाडौमा अन्तर्रा्ष्ट्रिय व्हिल चेयर त्रिकोणीय टि – ट्वान्टी क्रिकेट सिरिज हुने भएको हो ।

नेपाल व्हिलचेयर क्रिकेट एसोसिएसनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता मंसिर २८ बाट सुरु भएर पुस १ गते सम्पन्न हुने जानकारी दिएको हो । शुसील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा हुने तीन दिने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशको राष्ट्रिय टोलीले खेल्ने छन् । खेल किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोलीले फाइनल खेल्ने छन् । खेल अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषदको नियम अनुसार हुने छ । प्रतियोगितामा कुल ४ खेल हुने व्हिल चेयर क्रिकेट एसोसिएसनका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए ।

प्रतियोगितामा नेपाल हिमाल अर्यालको नेतृत्वमा मैदान उत्रने छन् । प्रतियोगिताको लागि नेपालले १४ सदसिय टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीमा कप्तान हिमालसँगै डिगम सिंह चेम्जोङ, भरत कार्की, राजु कटुवाल, डम्बर थापा, दानबहादुर थिङ, खनि नारायण पौडेल र  विष्णु अधिकारी रहेका छन् ।

Global Ime bank

त्यस्तै  जंगबहादुर रुचाल मगर, विपिन पौडेल,  यमबहादुर श्रेष्ठ, नवीन राई, राम बहादुर तामाङ र राजु गुरुङ पनि टोलीमा रहेका छन् । नेपाली टोलीको प्रशिक्षण सुधीर चौधरी रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC