site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्योगमन्त्री सुनिलबहादुर थापाले आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा आज भएको भेटमा उनले लघु, घरेलु तथा साना उद्योगबाट देशको अर्थतन्त्र फस्टाउने हुँदा यसको विकास आवश्यक रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री थापाले “आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग नै हो, यसको विकासका लागि मेरो कार्यकाल लाग्नेछ,” भन्दै देशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको विकल्प नभएको बताए । 

निजी क्षेत्रसँग सरकारको समन्वयलाई प्रभावकारी ढंगले अगाडि बढाउने छ, उनले भने – “निजी क्षेत्रलाई आइपरेको ऐन कानूनको समस्या समाधानका लागि सरकार लाग्नेछ ।” 

Global Ime bank

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी परम्परागत कृषि र विप्रेषणमा आधारित अर्थतन्त्रलाई औद्योगिकीकरणमा उन्मुख गराउन सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । 

सरकारले ल्याएको योजनालाई कार्यान्वयन गराउन सके देशको अर्थतन्त्रले ठूलो फड्को मार्ने पनि उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  ०१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC