site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेलले पठायो हप्तादिनमा ६० लाखबढी बाढी पहिरो सम्बन्धि सूचना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेलले हप्तादिनभित्र (साउन २४ देखि साउन ३०) ६० लाखभन्दा बढी ‘एसएमएस’को माध्यमबाट बाढी पहिरो सम्बन्धि पूर्व सूचना सम्प्रेषित गरेको दावी गरेको छ । कम्पनीले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गत वर्ष जल तथा मौसम विभागसँग पूर्व सूचना प्रदान गर्नका निमित्त समझदारी गरेको जनाएको छ । सोही सम्झौता अनुसार एनसेलले बाढी, पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनीका लागि ‘एसएमएस’ पठाउदै आएको भनिएको छ । 

समझदारी पत्रअनुसार एनसेलले वर्षा र नदीमा देखिएको जल सहतको आधारमा बाढी,पहिरोको जोखिमको सम्बन्धमा सूचना दिने गर्दछ । पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमला लगायतका नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई ‘एसएमएस’मार्फत पूर्वानुमान तथा पूर्वसूचना एसएमएसमार्फत पठाउने गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“एसएमएस पठाइएका स्थानहरुमा मानविय क्षति न्यून भएको छ,” जल तथा मौसम विभागका बाढी पूर्वानुमान महाशाखाका जलविद विनोद पराजुलीले भने “हामीले कन्काई, वागमति, चितवनका माडी लगायतका बाढी पहिरोको उच्च जोखिम रहेको क्षेत्रमा पूर्व सूचना सम्प्रेषण गरेका थियौं ।” एनसेलमा भएको मोबाइल रेकर्डको आधारमा स्थानियलाई पूर्व सूचना प्रदान गर्न सफल भएको उनको भनाइ छ । उनका अनुसार हाल मुलुकमा उच्च जोखिम रहेको ४२ क्षेत्रमा पूर्व सूचना पठाउन सकिन्छ । यसलाई विस्तार गर्न आवश्यक भएको उनको भनाइ छ । देशभर पूर्वसूचना पठाउन मिल्ने व्यवस्था गर्न विस्तृत अध्ययनको जरुरी पर्ने उनले बताए । 

गएको तीन दिनमा मात्रै (शनिबारदेखि सोमबारसम्ममा) एनसेलले ५० लाखभन्दा बढि ‘एसएमएस’ पश्चिम राप्ति, बबई, पुर्व राप्ति नदी रजैया, बागमति (रौतहट र सर्लाही) को तटिय क्षेत्र लगायत डुबानमा पर्ने स्थानका ग्राहकहरुलाई पठाएको बताएको छ । 

Global Ime bank

आइतबार लगातारको अविरल वर्षापछि विभिन्न नदिमा बढेको पानीको बहाबका बारेमा एनसेलले ३५ लाख ७० हजारभन्दा बढि पूर्व सूचना पठाएको छ । त्यस्तै शनिबार ७ लाख ३० हजार भन्दाबढि ‘एसएमएस’ पठाएको कम्पनीको भनाइ छ ।

पानीको सतह खतराको तहभन्दामाथि गएको अवस्था, सतह सामान्य भएको अवस्था लगायत सम्बन्धमा सूचना पठाएको थियो । सर्वसाधारण त्यही अनुसार सजक हुने कम्पनीको बुझाइ छ । 
कम्पनीले नदीमा पानीको बहावको आधारमा विभिन्न चार प्रकारका ‘एसएमएस’हरु पठाउने गरेको जानकारी दिएको छ ।

‘एसएमएस’मा पश्चिम राप्ति नदीको कुसुमको जल सतह खतराको तहभन्दामाथि पुगेकोले सुरक्षित स्थानमा जान अनुरोध, बर्दियाको बबई तटीय क्षेत्रका ग्राहकलाई पानीको बहाब खतरा तहभन्दा माथि पुग्दै गरेकाले सुरक्षित स्थानमा रहन तथा जान अनुरोध जस्ता एसएमएस पठाएको कम्पनीले जनाएको छ । 

नदीमा पानीको जल सहतको स्थिति नुसार जल तथा मौसम विज्ञान विभागले प्रदान गरेको ‘एसएमएस कन्टेन्ट’ एनसेलले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरुलाई सम्प्रेषण गरेको हो । कम्पनीको भनाइ अनुसार बाढी तथा पहिरोबाट हुने क्षति न्युनिकरण गर्न नदीमा पानीको बहाब र जल सतहको अवस्था अनुसार विभागले एनसेललाई जानकारी दिने गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC