site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कीर्तिमानी धावक बोल्ट म्यानचेस्टर युनाइटेडबाट डेब्यु गर्न तयार  
Sarbottam CementSarbottam Cement

काठमाडौं । कीर्तिमानी जमैकन धावक उसेन बोल्टले इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने भएका छन् । यस्तै साता ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका धावक बोल्टले च्यारिटी खेलबाट म्यानचेस्टर युनाइटेडमा डेब्यु गर्ने भएका छन् ।

बोल्टले आगामी सेप्टेम्बर २ मा बार्सिलोनाबिरुद्ध हुने म्यानचेस्टर युनाइटेडको लेजेन्ड्सको टोलिबाट मैदान उत्रने छन् । तर, लामो समय देखि म्यानचेस्टर युनाइटेडबाट खेल्ने इच्छा ब्यक्त गर्दै आएका बोल्ट उक्त खेलमा सहभागी हुन् ह्यामस्ट्रिंङ इन्जुरीबाट भने ठिक हुनु पर्ने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गत साता लण्डनमा सम्पन्न विश्व च्याम्पियनसिप अन्तर्गत चार गुणा सय मिटरको रीले दौडको क्रममा बोल्ट ह्यामस्ट्रिंङ्गको चोटबाट गुज्रिएका थिए । तर, बोल्टले युनाइटेडबाट खेल्ने इच्छा तीव्र रहेको र आफु त्यो बेलासम्म फिट हुने बताए । शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले भने, “म्यानचेस्टर युनाइटेडबाट खेल्ने मेरो बर्षौदेखीको सपना हो, मेरो इन्जुरी ठिक हुन्छ,म सपना पुरा गर्न आतुर छु ।” 

लण्डनमा सम्पन्न च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल भएका थिए । उनले कास्य पदक मात्र जितेका थिए । बोल्टले आफ्नो खेल करियरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । त्यस्तै उनको नाममा १०० मिटरको दौडमा विश्व किर्तिमान रहेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC