site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा गएको बाढीपहिरोबाट कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गर्न समिति गठन गरिएको छ । आइतबार कृषि विभागमा कृषि विकासमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा बसेको वैठकले मन्त्रालयका सचिव डा. सुरोज पोखरेलको संयोजकत्वमा ९ जना सदस्य रहेको समिति गठन गरेको हो । 

बैठकले लगातार भएको वर्षा र बाढीपहिरोबाट भएको क्षति अध्ययन गरी मन्त्रालयबाट तत्कालै गर्न सकिने राहतका सम्बन्धमा समिति गठन गरेको हो । प्रत्येक क्षेत्रका क्षेत्रीय कृषि निर्देशकहरुको नेतृत्वमा टोली गठन गर्ने र सो टोलीले तीन दिनभित्र क्षतिको एकिन विवरण पेश गर्ने मन्त्रालयले जनाएको छ । समितिले खाद्यान्न, माछा, तरकारी, फलफूललगायत भौतिक पूर्वाधारसमेतको यकिन विवरण पेश गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका अनुसार गठित समितिले आजै (आइतबार) प्रारम्भिक प्रदिवेदन तयार पार्नुका साथै खाद्य सुरक्षा क्लस्टरको बैठक बस्नेछ । त्यस्तै समितिले कृषि विभागले सञ्चालन गर्ने कार्यक्रमका सम्बन्धमा प्रतिवेदन तयार गर्ने छ । 

मन्त्रालयअन्तर्गतका निकाय, बोर्ड, संस्थान, समिति, परियोजना सबैले आ–आफ्नो तर्फबाट गर्न सकिने र तत्कालै परिचालन गरिने विवरण समितिमा पेश गर्न निर्देशन दिइएको छ । 
कृषि विकासमन्त्रीको नेतृत्वमा तत्काल अनुगमन टोली क्षतिग्रस्त क्षेत्रमा जाने र अवलोकन, अनुगमन, समन्वय गर्ने बताइएको छ । अनुगमन गरिएको क्षेत्रमा तत्काल आवश्यक निर्देशन दिने समेत मन्त्रालयको भनाइ छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC