राजनीति
कोहलपुर (बाँके) । कोहलपुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का लुटबहादुर रावत नौ हजार सात मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भानुभक्त भट्टराईले आठ हजार ९२४ मत प्राप्त गरे ।
उपप्रमुखमा कांग्रेसकी सञ्जुकुमारी थारु १० हजार ५६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी कृष्णाकुमारी चौधरीले नौ ३७९ मत प्राप्त गरिन् ।
नगरपालिकाका १५ वडामध्ये सातमा काँग्रेस, सातवटामै एमाले र एउटा वडामा नेकपा (माओवादी केन्द्र)ले जित हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: बिहीबार, असार २२, २०७४ ०२:५०
प्रतिक्रिया दिनुहोस्