site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
केएनपी राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड र पश्चिमाञ्चलको विजयी सुरुआत 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल संघले राजधानीमा सुरु केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजय सुरुआत गरेका छन् । मंगलबार भएको उद्घाटन खेलमा न्यु डायमन्ड एकेडेमीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुलिसमाथि एकतर्फी जित निकालेको न्यु डायमन्डले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१७ र तेस्रो सेट २०–१० ले जित्दै विजय सुरुआत गरेको हो । जितपछि न्यु डायमन्डका प्रशिक्षक कुमार राईले उपाधि जित्ने लक्ष्य लिएर प्रतियोगितामा सहभागिता भएकोले पहिलो जित महत्वपूर्ण भएको बताए । तर, प्रशिक्षक राईले जित निकालेपनि खेलाडीले सोचेजस्तो प्रदर्शन नगरेको बताए ।
यस्तै प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा पश्चिमाञ्चल भलिबल संघले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पनि ३ – ० कै सोझो सेटमा पराजित गर्यो । पश्चिमाञ्चलले आर्मीमाथी २५–२१, २५–१८ र २५–२१ को सेटले पराजित गर्यो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना सुरु प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी ६ टोलीले लिगकम नकाउटका आधारमा प्रतिस्पर्धा गर्ने छन् । 
प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथै काठमाडौं मलेसिया, काठमाडौंको आतेजाते हवाई टिकट प्राप्त गर्ने छन् ।
त्यस्तै केएनपी जापान बेस्ट स्पाइकर, केएनपी जापान बेस्ट क्वीकर, केएनपी जापान बेस्ट सेटर, केएनपी जापान बेस्ट ब्लकर, केएनपी जापान बेस्ट डिफेन्स, बेष्ट प्रशिक्षक र केएनपी जापान बेस्ट सर्भर पनि पुरस्कृत गरिने छ । उत्कृष्ट हुने सबै खेलाडीले जनही तीन हजार रुपैयाँसहित आर्कषक ट्रफी प्राप्त गर्ने छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC