site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुशान्त आत्महत्यामा बलिउडका कलाकारमाथि दायर मुद्दा विहार अदालतद्वारा खारेज
Siddhartha BankSiddhartha Bank

एजेन्सी । सुशान्त सिंह राजपुतको आत्महत्यामा सलमान खान, एकता कपुर, सञ्जय लीला भन्साली र करण जोहर लगायतका कलाकारमाथि दायर गरिएको मुद्दाको निवेदन विहार अदालतले खारेज गरेको छ ।

मुख्य न्यायिक मजिस्ट्रेट मुकेश कुमारले यो मुद्दा अदालतको क्षेत्राधिकार बाहिर रहेको बताउँदै स्थानीय अधिवक्ता सुधीरकुमार ओझाले दिएको याचिका खारेज गरेका हुन् । 

Agni Group
NIC Asia

अधिवक्ता ओझाले सुशान्तको आत्महत्या भएको ३ दिनपछि नै यी कलाकारविरुद्ध मुद्दा दर्ता गराएका थिए । नेपोटिजमका कारण सुशान्त डिप्रेसनमा गएको र यसका कारण सलमान लगायतका कलाकार भएको भन्दै उनले मुद्दा हालेका थिए । 

जसमा उनले नेपोटिजमबारे चर्को विरोध गरिरहेका अभिनेत्री कंगनालाई साक्षी राखेका छन् ।

Global Ime bank

सीजीएमको आदेशलाई अस्विकार गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “म सीजीएमको निर्णयलाई जिल्ला अदालतमा गएर परिवर्तन गराउने छु । सुशान्त सिंह राजपुतको निधनमा विहार पीडामा छ । यस्तो कदम चाल्न बाध्य बनाएका सुशान्तको न्यायका लागि हामीले ती व्यक्तिहरूलाई अगाडि ल्याउनै पर्छ ।”

सुशान्तको आत्महत्या नभई योजनाबद्ध निधन रहेको भन्दै शेखर सुमन, मनोज तिवारी लगायत थुप्रै कलाकारहरू सुशान्तको आत्महत्याको सीबीआई जाँच गर्न माग गरिरहेका छन् । 
सुशान्तको आत्महत्याको कारण अझै अन्योल नै छ । 
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu