देश
काठमाडौं । ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले अवकाश पाएका छन् । डीआईजीको ५६ वर्षे उमेर हदका कारण उनले अवकाश पाएका हुन् ।
गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद्ले उनको बढुवा सिफारिसलाई कुनै निर्णय नगरेपछि उनले डिआईजीबाटै अवकाश पाएका हुन् ।
ट्राफिक प्रहरी कार्यालयले बिहीबार उनलाई बिदाइ गरेको छ । गृहसचिव नेतृत्वको बढुवा समितिले पोखरेललाई असार १० मा सिफारिस गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१ ०८:१४
प्रतिक्रिया दिनुहोस्