site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भण्डारीको आत्मपरक पुस्तक ‘आफैँलाई नियाल्दा’ विमोचन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राजनसिंह भण्डारीको आत्मपरक पुस्तक ‘आफैँलाई नियाल्दा’ विमोचन भएको छ । पुस्तकको विमोचन पूर्वमन्त्री एवं सांसद शरत सिंह भण्डारी, सांसद प्रा. डा. चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं संविधानसभाका सदस्य डा. तिलक रावल, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति डा. लोक विक्रम थापा र खेम बहादुर रायमाझीले संयुक्तरूपमा गरेका हुन् । 

राष्ट्र बैंकमा २६ वर्ष काम गरेका लेखक भण्डारीले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर बिदा लिएका थिए । त्यसपछि उनी  सिटिजन्स बैंकको स्थापनामा जोडिएका थिए । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्ष गरी उनले १७ वर्ष यो बैंकमा काम रे । 

Agni Group
NIC Asia

यस अवधिमा उनले देखे–भोगेका रोचक र महत्वपूर्ण घटनाक्रम पुस्तकमा समेटेका छन् । यो कृति नेपालको बैंकिङ क्षेत्रको महत्वपूर्ण कालखण्डको साक्षीले लेखेको इतिहास भएको बताइएको छ । 

प्रकाशक संस्था मिनेट मिडियाका प्रकाश रिमालले ‘आफैँलाई नियाल्दा’ आमरूपमा लेखिने आत्मकथा वा जीवनपरक ‘निबन्ध’ भन्दा फरक रहेको बताए । “यसमा लेखकले आफूलाई हिरो वा नायकका रूपमा मात्र प्रस्तुत गर्दैनन् । कमजोरीको पनि खुलेर चर्चा गर्छन्,” उनले भने, “सामान्यतः समाजमा पारिवारिक कलह ढाकछोप गर्ने गरिन्छ । तर राजनसिंह भण्डारीका हकमा यी कयौँ नियम लागु हुँदैनन् ।”

Global Ime bank

देशमा ठूलो रकमको कारोबार गर्ने उद्यमी–व्यवसायीले ऐन–मौकालाई कसरी उपयोग गर्छन्, व्यावसायिक घरानाहरूले कसरी सोच्छन् र एकअर्काप्रति केकस्ता रणनीति अपनाउँछन् भन्ने रोचक घटनाहरू पुस्तकमा रहेको उनले बताए । 

पूर्वमन्त्री शरत सिंह भण्डारीले ‘आफैँलाई नियाल्दा’लाई एक पेसाकर्मीको इमानदार अभिव्यक्तिको संज्ञा दिए । पूर्वगभर्नर डा. तिलक रावलले लेखक भण्डारीको निर्भीक स्वभाव र पेसागत दक्षता दुवै गुण पुस्तकमा अभिव्यक्त भएको बताए । 

१३ परिच्छेद र ३१२ पृष्ठको पुस्तकको मूल्य एक हजार रुपैयाँ राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय