site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त उत्कृष्ट १५ पुस्तक
Tiktok banner adTiktok banner ad

काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त उत्कृष्ट १५ वटा पुस्तकको सूची सार्वजनिक भएको छ । पद्मश्री साहित्य पुरस्कार–२०८० का लागि प्राप्त १८६ पुस्तकबाट छनोट समितिले पहिलो चरणमा १५ वटा पुस्तकको नाम सार्वजनिक गरेको हो । 

“पुरस्कार चयन समितिले पहिलो चरणमा १५ पुस्तकको विस्तारित सूची प्रतिष्ठानलाई उपलब्ध गराएको छ । यो सूचीबाट समितिले अर्को महिना पाँचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्नेछ,” खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । 

उत्कृष्ट १५ पुस्तक :
    १.अडिएका पाइला– उपन्यास, विष्णु सापकोटा
    २.अद्वैत– उपन्यास, कृष्ण गौतम
    ३.अर्को देशमा– कथा संग्रह, सानु शर्मा
    ४.गल्ली संसार– निबन्ध संग्रह, रोशन शेरचन
    ५.गोधूलि गीत– उपन्यास, भानु बोखिम
    ६.गोपीचा– उपन्यास, विश्व कुइकेल
    ७.जोगियाना– संस्मरण, कुमार नगरकोटी
    ८.बहादुर शाह– उपन्यास, चिरन्जीवी वाग्ले
    ९.बागी स्त्रीको आत्मकथा– कविता संग्रह, सुमिना
    १०.बादलडाँडा– नियात्रा, राजेन्द्रमान डंगोल
    ११.बोरा– उपन्यास, अखण्ड भण्डारी
    १२.भृकुटी– उपन्यास, गोविन्दप्रसाद कुसुम
    १३.लन्डन अनप्लग्ड– संस्मरण, गोपी सापकोटा
    १४.संस्कृति चिन्तन – निबन्ध संग्रह, अरुण गुप्तो
    १५.साखेजुङको उकालो– जीवानाख्यान, भुवनहरि सिग्देल
 1-1719640431.jpg
प्रतिष्ठानले प्रत्येक वर्ष समाजमा योगदान पुर्‍याएका व्यक्तिलाई पद्मश्री गौरव र कला क्षेत्रमा सक्रिय योगदान पुर्‍याएका व्यक्तिलाई पद्मश्री साधना पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यिक पुरस्कार, पद्मश्री गौरव र पद्मश्री साधना गरी तीनवटै पुरस्कारको राशि तीन/तीन लाख रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ११:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro