![प्रधानमन्त्री ओलीले सत्याग्रही युवालाई अस्पताल पुगेर भेटे](https://12khari.top/uploads/posts/2020-07-02_OLi-Hopital.jpg)
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले अस्पताल पुगेर सत्याग्रही युवासँग भेट गरेका छन् ।
प्रधानमन्त्री ओलीले बिहीबार साँझ अस्पतालमा भेटेर उनीहरुलाई अनसन तोडेर वार्तामा आउनसमेत आग्रह गरेको उक्त समूहकै एक युवा सुरज पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार अहिले उनीहरुले अनसन भने तोडेका छैनन् । वार्ता टोली गठन गर्ने तयारी भइरहेको पाण्डेले बताएका छन् ।
सत्याग्रही 'ई' र पुकार बमको स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल लगिएको थियो ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
कोरोनाको पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, कोरोना भाइरस रोकथामका क्रममा सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने लगायतका माग राख्दै शुक्रबारदेखि अनसनमा बसेका थिए ।
सत्याग्रही युवाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगियो
‘इनफ इज इनफ’ : मान्छे मारेमात्रै सरकारले सुन्ने हो ?