देश
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारको भूमिका प्रभावकारी हुनुपर्नेलगायतका माग राख्दै सत्याग्रहमा बसेका युवाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ ।
गत शुक्रबारदेखि पाटन दरबार स्क्वायर क्षेत्रमा अनसनमा बसेका 'ई' र पुकार बमको स्वास्थ्यमा समस्या आएपछि हेम्स अस्पताल लगिएको हो ।
उनीसँगैका अन्य दुईजनालाई यसअघि नै स्वास्थ्य समस्या देखिएपछि शिक्षण अस्पताल लगिएको थियो । उनीहरुको स्वास्थ्य अवस्था जटिल बनेपछि दुईजनाले बुधबार अनसन तोडेका थिए ।
सत्याग्रहीहरुले कोरोनाको पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, कोरोना भाइरस रोकथामका क्रममा सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने लगायतका माग राखेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०७७ १९:१५
प्रतिक्रिया दिनुहोस्