site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चालु खर्चको औचित्य पुष्टी गर्न मात्र ठूलो आकारको बजेट : अर्थशास्त्री पौडेल 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको बजेट बनाउने र पछि संशोधन गर्ने प्रवृत्ति संस्कारको रुपमा विकसित हुन लागेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार गरेको संवादमा यो सरकारले अहिलेसम्म दुईवटा बजेट ल्याइसकेको र दुवै बजेट वीचमा संशोधन गरेर सानो आकार बनाइएकोले आगामी बजेटमा पनि सोही प्रवृत्ति दोहोरिनेमा आशंका पैदा भएको बताए ।

Agni Group
NIC Asia

"२०७५ मा ल्याएको बजेटमा १३ खर्ब १५ अर्बको बजेट ल्याइएको थियो पछि मध्यावधि समीक्षा मार्फत सो बजेटको सिलिङ परिवर्तन गरी ११ खर्ब ९९ अर्ब रुपैयाँ पुर्‍याइएको थियो," उनले भने, "२०७६ सालमा ल्याएको बजेट १५ खर्ब ३२ अर्ब रहेको थियो तर सो बजेट पनि मध्यावधि समिक्षा मार्फत घटाएर १३ खर्ब ८५ अर्ब रुपैयाँ पुर्याएको छ ।"

उनले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरिने बजेटको आकार पनि ठूलो हुने र पहिलेझैं मध्यावधि समिक्षा मार्फत सच्याउने सम्भावना धेरै रहेको दावी गरे । 

Global Ime bank

उनले भने,  "अहिले विश्व कोभिड १९ को संक्रमणमा रहेको छ, बजेटको स्रोत बढीमा १२ खर्बको हाराहारीमा रहेको छ ।" राजस्वबाट ९ खर्ब, ४० अर्ब अनुदान र एक देखि डेढ खर्बको हाराहारीमा वैदेशिक ऋण आउने र बाँकी आन्तरिक ऋणबाट उठाउन सकिने उनले बताए । 

हालसम्म २०६७ सालयताको बैदेशिक अनुदान औषत्मा ४० अर्बको हाराहारीमा मात्र आएको दाबी गर्दै उनले अब पनि ४० अर्बको हाराहारीमा मात्र बैदेशिक अनुदान आउने स्पष्ट पारे ।

सरकारले वार्षिक ११ खर्ब भन्दा बढीको खर्च गर्न नसक्ने जान्दा जान्दै पनि ठूलो आकारको बजेट निर्माण किन गर्छरु उनले भने, "सरकारले खर्च कसरी गर्ने र कति खर्च सकिन्छ भन्ने पनि कमनसेन्स नलगाई आयोजनामा बजेट हालिदिने गरेको छ ।"
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  २२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu