site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित
Dabur Nepal

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनअन्तर्गत आज बसेको २१औँ बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो । सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’ को नियम १४७ को उपनयिम ५ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन तथा आर्थिक विधेयक २०८१’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न समय दिएकी थिइन् ।

सभामुख गुरुङको निर्देशनअनुसार मन्त्री केसीले बजेट पारितका लागि सभामा प्रस्ताव गरे । बजेट पारितका लागि मन्त्री केसीले प्रस्ताव गरेसँगै सभामुखले प्रदेश सरकारको आगामी आव २०८१/८२ का लागि ल्याएको ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सर्वसम्मतले पारित भएको घोषणा गरिन् । उनका अनुसार अर्को बैठक यही असार २३ गते दिउँसो ३ बजे बस्ने छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro