site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
व्यावसायिक कृषि तथा पशुपालनमा मात्रै ५० अर्ब लगानी 

काठमाडौं । सरकारले ब्याज अनुदान दिने सहुलियतपूर्ण कर्जा लिनेको संख्या २८ हजार नाघेको छ । गत चैत मसान्तसम्ममा २८ हजार ६५९ जनालाई ५३ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । उक्त कर्जाका लागि दुई अर्ब ५१ करोड रुपैयाँ ब्याज अनुदानबापत् खर्च भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । 

के हो सहुलियत कर्जा 
नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार विभिन्न सात क्षेत्रमा कर्जा प्रवाह गर्ने गरी नेपाल राष्ट्र बैंकले २०७५ सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेकोे थियो । चालु आवमै उक्त कार्यविधिमा संशोधन गर्दै टेक्सटाइल उद्योग र सीटीईभीटी तालिम लिन चाहनेका लागि पनि सहुलियतपूर्ण कर्जा प्रदान गर्ने जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्र बैंकले तयार बनाएको कार्यविधिमा बैंक तथा वित्तीय संस्थाले आधार ब्याजदरमा २ प्रतिशत प्रिमियम थप गरी राष्ट्र बैंकले तोकेका नौ शीर्षकमा उक्त कर्जा प्रदान गर्नुपर्ने हुन्छ । उक्त कर्जाको ब्याजमा नेपाल सरकारले अनुदान दिने व्यवस्था छ । यसमा महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ भने अन्य आठ शीर्षकमा ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ । 

सहुलियतपूर्ण कर्जा २५ प्रतिशत शुल्कमा सुरक्षण गर्ने व्यवस्था कार्यविधिमै छ भने बाँकी ७५ प्रतिशत शुल्क अनुदान स्वरूप नेपाल राष्ट्र बैंकले दिने व्यवस्था रहेको छ । १० लाखभन्दा माथिको व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाबाहेक अन्य सबै कर्जाको व्यावसायिक हकमा बिमा प्रिमियममा ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ । 

Global Ime bank

कुन क्षेत्रमा कति कर्जा प्रवाह 
२०७६ चैत समान्तसम्ममा सबैभन्दा धेरै व्यावसायिक कृषि तथा पशुपालन क्षेत्रमा ५० अर्बमाथि कर्जा प्रवाह भएको छ । उक्त क्षेत्रमा २३ हजार ४०९ ऋणीलाई ५० अर्ब ४६ करोड ५९ लाख कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस शीर्षकमा अधिकतम पाँच करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ । 

शिक्षित युवा स्वरोजगार कर्जा ५९ जनालाई ३ करोड २२ लाख रुपैयाँ प्रदान भएको छ । उक्त कर्जाको अधिकतम सीमा ७ लाख छ । यस्तै विदेशबाट फर्किएका युवा परियोजना कर्जा १९० जनालाई १३ करोड २२ लाख रुपैयाँ प्रदान भएको छ । उक्त कर्जाको सीमा १० लाख छ । 

महिला उद्यमशील कर्जा चार हजार ४६९ जनालाई तीन अर्ब दुई करोड तीन लाख प्रदान भएको छ । उक्त कर्जाको अधिकतम सीमा १५ लाख छ भने यसमा ६ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ । दलित समुदाय व्यवसाय विकास कर्जा २३७ जनालाई १३ करोड २० लाख रुपैयाँ प्रदान भएको छ । यसको सीमा १० लाखसम्म छ । उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा नौ जनालाई एक करोड ९१ लाख रुपैयाँ प्रदान भएको छ । यसको सीमा पाँच लाखसम्म छ । 

यस्तै भूकम्प पीडित निजी आवास निर्माण कर्जा २०० जनालाई पाँच करोड चार लाख रुपैयाँ प्रदान भएको छ । नयाँ थप भएको क्षेत्रमा टेक्सटाइल उद्योगलाई दिइने कर्जा १६ जनालाई २ करोड ११ लाख रुपैयाँ प्रदान भएको छ । अर्को सीटीईभीटी तालिमका लागि भने अहिलेसम्म एक जनालाई पनि कर्जा प्रवाह नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement