काठमाडौं । सीडीएस एन्ड क्लियरिङले सेयर किनबेच भएको दुई दिनमा नै अनिवार्य रूपमा कारोबारको पुर्जी बुझाउन सूचना जारी गरेको छ । यसका लागि मेरो सयेर मार्फत् इ डीआईएस प्रयोग गर्न समेत उनले लगानीकर्तालाई आग्रह गरेको छ ।
भौतिक निर्देशन पुर्जी जारी गर्ने लगानीकर्ताले भने कारोबार भएको दिनमा नै बिक्रीकर्तालाई आफूले बिक्री गरेको सेयरको लागत भारित औषत उपलब्ध गराउन सीडीएर एन्ड क्लियरिङले सूचना जारी गरेको छ ।
लगानीकर्ताले समयमा नै निर्देशन पुर्जी नबुझाएर सेयरको क्लोजआउट प्रभावित भएमा त्यसको जिम्मेवार लगानीकर्ता नै हुने सूचनामा उल्लेख छ । त्यस्तै सेयरको भारित औषत लागत नबुझाएर सेयर चुक्त मूल्यको आधारमा पुँजीगत लाभकर गणना भएमा त्यसको जिम्मेवार पनि बिक्रीकर्ता स्वयं हुने सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
यसअघि पनि राफसाफका लागि कारोबारको दोस्रो दिनमा नै लगानीकर्ताले निर्देशन पुर्जी जारी गर्नुपर्ने व्यवस्था भए पनि पछिलो समय उच्च कारोबार हुँदा लगानीकर्ताले निर्देशन पुर्जी बुझाउन ढिलाइ गरेकाले यो सूचना जारी गरेको हो ।