site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बिमल घर्ति मगर सोमबार स्पेन जाँदै, मार्बेला युनाइटेडमा अभ्यास र ट्रायल दिने
Sarbottam CementSarbottam Cement

काठमाडौ । युरोपियन क्लबमा फुटबल खेल्ने लक्ष्यका साथ राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगर सोमबार स्पेन जाने भएका छन् । स्पेनको मार्बेला युनाइटेड एफसीमा अभ्यास र ट्रायल दिनको लागि बिमल सोमबार त्यसतर्फ जान लागेका हुन् ।

क्लबले अभ्यास र ट्रायलका लागि बोलाएपछि बिमल त्यसतर्फ जान लागेका हुन् । गतवर्ष नेपालले साग गेम्समा स्वर्ण र बंगलादेशमा बगबन्धु गोल्डकप जित्दा महत्वपूर्ण सदस्य रहेको विमललाई क्लबले अभ्यासका लागि बोलाएको थियो । बिमललाई एजेन्ट लुइस डी ब्रायजले अभ्यासको व्यवस्था मिलाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

क्लबले बिमलसँग अन्य दुई खेलाडी अन्जन बिष्ट र अनन्त तामाङलाई पनि बोलाएको थियो  ।  अन्जन पुस २५ गते नै स्पेन प्रस्थान गरिसकेका छन भने अनन्त त्यसतर्फ जाने छैनन् । एएफसी सोलिडारिटी कपका दौरान घुँडामा चोट लागेको कारण अनन्त त्यसतर्फ नजाने भएका हुन् । गत महिना मात्र घुँडाको शल्यक्रिया गराएका अनन्त अहिले आराम गरिएका छन् ।

नेपाली टोलीका महत्वपूर्ण सदस्यहरु अन्जन र अनन्तले गत बर्ष पनि मार्बेलामा केही साता अभ्यास र मैत्रीपूर्ण खेल खेलेका थिए । गत बर्ष फागुनमा मार्बेलाले नेदरल्यान्ड्स पुगेर मैत्रीपूर्ण खेल खेलेका थिए । उक्त मैत्रीपूर्ण खेलमा अन्जनले केहि क्लबबिरुद्ध गोल समेत गरेका थिए । र, त्यसबेला बिमललाई पनि क्लबले अभ्यासका लागि बोलाएको थियो । तर बिमल चो टका कारण गएनन् । 

Global Ime bank

स्पेनको मालागामा रहेको मार्बेला युनाइटेड युएस सकर एकेडेमीको शाखाको रुपमा रहेको क्लब हो । सुरुमा युएस सकरकै नाममा स्थापना गरिए पनि यस क्लबले सन् २०१४ मा मार्बेला युनाइटेड एफसी नाम राखेको थियो । यो क्लब स्पेनिस ला लिगाको लागि खेलाडी उत्पादन गर्ने क्लबका रुपमा समेत हेरिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७३  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC