site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो अभ्यास खेलमा नेपाल विजयी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा जित हात पारेको छ । बिहिबार भएको पहिलो अभ्यास खेलमा फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १ सय २९ रनको  फराकिलो जित निकाल्दै नेपालले इंग्ल्यान्ड भ्रमणको सुखद सुरुवात गरेको हो ।
इंग्ल्यान्डको इन्डियन जिमखाना स्टेडियममा नेपालले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको फ्रि फोरेस्टर क्रिकेट क्लब २९ ओभर १ बलमा अलआउट हुदै १ सय ६ रनमा समेटियो । फ्रि फोरेस्टर क्रिकेट क्लबलाई सस्तैमा समेट्ने क्रममा नेपालका विक्रम सोवले ४, सन्दिप लामिछानेले २ तथा करण केसी र शक्ति गौचनले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रनको योगफल तयार गरेको थियो । नेपालका लागि ओपनरद्वय शरद भेस्वाकर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । शरदले ५० रन जोडे भने ज्ञानेन्द्रले ७३ रनको युग्दन दिए । त्यस्तै कप्तान पारस खड्काले ४० रन, सगर पुन २१ तथा राजेश पुलामीले ११ रन जोडे  ।
इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँगको मैत्रीपूर्ण खेलको लागि  इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले बिहिबार पनि फोरेस्टर क्रिकेट क्लबसंग टि – ट्वान्टी खेल खेल्ने छ । त्यसपछि पनि नेपालले केहि अभ्यास खेल  खेल्ने छ । त्यसपछि नेपालले साउन ४ गते लर्ड्समा एमसीसीसंग मैत्रीपूर्ण खेल खेल्ने छ । खेल ५० ओभरको हुनेछ । नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालको क्रिकेटको मक्का मानिने लर्ड्समा खेल्न लागेको हो । 
यस्तै इंग्ल्यान्ड भ्रमणलाई नेपाली टोलीको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।  
तस्बिर : cricketingnepal.com
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC