site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेल नहुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिम र बंगालदेशको राष्ट्रिय टोलीबीच तय भएको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नहुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फालाई आइतबार बंगालदेश फुटबल फेडेरेसनले पत्र पठाउँदै सुरक्षाका कारण मैत्रीपूर्ण खेल खेल्न नसकिने जनाएपछि मैत्रीपूर्ण खेल रोकिएको हो ।

बंगलादेशको फुटबल फेडेरेसनले एन्फालाई पत्र पठाउँदै विशेष परिस्थितिका कारण खेल रद्द गरेको जानकारी दिएको हो । तर दुई देशबीच अगस्तको अन्तिमतिर खेल्न प्रस्ताव गरेको जनाएको छ । “अहिलेको अवस्थामा मैत्रीपूर्ण फुटबल आयोजना गर्न हामी असमर्थ छौं ।“ बंगलादेश फुटबल फेडेरेसनले पठाएको पत्रमा लेखिएको एन्फाले जनाएको छ । बंगलादेशमा गत हप्ता मात्रै इस्लामिक स्टेट आइएसका लडाकुले बम विस्फोट गराएका थिए ।

यसअघि नेपाली राष्ट्रिय टोली र बंगलादेशबीच आगामी जुलाई १५ र १७ (असार ३१ र साउन २) मा दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । बंगलादेशसँग मैत्रीपूर्ण खेलका लागि एन्फाले नेपाली टोलीको घोषणा समेत गरिसकेको थियो । नेपालले अनील  गुरुङको कप्तानीमा बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको थियो । बंगलादेश फुटबल फेडेरेसनको पत्रसँगै नेपाली टोलीको बंगलादेश भ्रमण पनि रद्द भएको एन्फाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC