site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
दक्षिण सुडान । दक्षिण सुडानको राजधानी जुवास्थित राष्ट्रिपति भवन वरपर शुक्रबार साँझ भएको झडपमा कम्तिमा १५० जनाको मृत्यु भएको बताइएकोे छ । सुडानको पिपुल्स लिबरेसन इन आर्मीका प्रवक्ता विलियम गाटजियथले शनिबार मृतकमध्ये अधिकांश सैनिक अधिकारी रहेका र जुवा शिक्षण अस्पतालको मुर्दाघर मृत शरीरले भरिएको बताए ।  
 
हाम्रो अङ्गरक्षकको पहिलो घेराभित्र मात्रै ३५ जना सेना मृत फेला परेका उनले बताए । राष्ट्रपति भवनलाई सुरक्षार्थ खटिएका ८० जना सेना भवन वरपर खटिएकामा उनीहरु केही पनि सम्पर्कमा नआएका पनि उनले बताए ।  
 
यसैगरी दक्षिण सुडानको जेबेल कजुरस्थित संयुक्त राष्ट्रसङ्घको शिविर नजिकै रहेको प्रतिपक्षी दलको प्रमुखको घरमा पनि आक्रमण भएको छ तर यसमा के कति हताहती भएको भन्ने खबर अझै प्राप्त भै नसकेको प्रवक्ता गाटजियाथले बताए ।  
 
शुक्रबारको आक्रमण ठूलो भएको बताउँदै उनले यसमा मृत्यु हुने सेना, कर्मचारीलगायत अन्य नागरिकको सङ्ख्या थप बढ्न सक्ने उनले बताए ।  
 
शुक्रबार साँझ राष्ट्रपति साल्मा कीर, प्रथम उपराष्ट्रपति रिएक मसार र उपराष्ट्रपति वानी इगाले बिहीबार भएको एक झडपमा पाँच जना सेनाको ज्यान गएपछि आएको परिस्थितिका बारेमा राष्ट्रपति भवनमा कुराकानी गरिरहेको बेला उक्त भवनमा आक्रमण भएको थियो । 
 
घटनामा किन कसले गरेको भन्नेबारे अहिलेसम्म थाहा भइनसकेको जनाउँदै अनुसन्धानपछि सबै कुरा बाहिर आउने लिवरेसन आर्मीका प्रवक्ताले बताए । शनिबार भने दक्षिण सुडानको स्वतन्त्रता दिवस मनाइरहँदा राजधानी जुवामा दिनभर कुनै झडपका घटना नभएको बताइएको छ । रासस/सिन्ह्वा/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC