बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अनेरास्ववियुद्वारा भारतसँगको सम्झौता खारेज गर्न माग
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, असोज ९, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । सरकारले भारतसँग हालै गरेको सम्झौता खारेज गर्न माग गर्दै एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले राजधानीमा र्‍याली निकालेको छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाको नेतृत्वमा काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट निस्किएको र्‍याली  पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए । 
सरकारले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टीकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिने, नेपाल सरकार र भारतीय दुतावासलाई समान स्तर बनाउने तयारी गरेको भन्दै सोको विरोधमा र्‍यालीको आयोजना गरिएको संगठनका प्रचार विभाग प्रमुख सुदीप शर्माले बताए । 
“विदेश मामलामा नेपाल र भारतको एउटै धारणा हुनेछ भनि प्रचण्ड सरकारले हालै भारतसँग गरेको सम्झौता खारेजीको माग गर्दै र्‍यालीको आयोजना गरिएको हो,” उनको भनाइ थियो ।  कोणसभामा संगठनका अध्यक्ष नविना लामाले प्रचण्ड सरकारका जनविरोधी तथा राष्ट्र विरोधी हर्कतहरुको अनेरास्ववियुले भण्डाफोर गर्ने  बताएको उनले जानाकारी दिए । 
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, असोज ९, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्