site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आफ्नै गोजीबाट पैसा खर्च गरेर उपनिर्वाचन गराउँदै कर्मचारी 
Sarbottam CementSarbottam Cement

इलाम । इलाम क्षेत्र नम्बर २ मा शनिबार (भोलि) प्रतिनिधिसभा सदस्यको रिक्त एक पदका लागि उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत केशवप्रासद घिमिरेले जानकारी दिएका छन् । 

४२ वडा रहेको क्षेत्रमा ७९ मतदानस्थलको १४९ मतदान केन्द्रबाट मतदान हुँदै छ । सबै मतदान केन्द्रमा सामग्रीसहित मतदान अधिकृत र कर्मचारी पुगिसकेको घिमिरे बताउँछन् । 

मतदान स्थलमध्येको एक हो, चुलाचुली गाउँपालिका–६, मा रहेको मिक्लाचोङ मावि । यस मतदानस्थलका अधिकृत हुन्, मातृकाप्रसाद दाहाल । दाहालका अनुसार यहाँ मतदान गराउनका लागि सामान ढुवानीमा मात्रै १६ हजार खर्च भएको  छ । तर, निर्वाचन आयोगले छुट्याएको रकम भने अर्थात् मतदान अधिकृतले गर्न पाउने खर्च भनेको नौ हजार मात्रै हो । अव्यवहारिक खर्च वितरणका कारणले दुर्गम क्षेत्रका मतदानस्थलमा व्यवस्थापन चुनौती बनेको उनी बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“ढुवानीका लागि मतदान अधिकृतले पाउने नौ हजार रुपैयाँ हो, हामी यहाँ आइपुग्दा १६ हजार त ढुवानीमा खर्च भयो,” उनले भने, “व्यवस्थापन खर्च भनेर पाँच हजार रुपैयाँ छुट्याइएको त्यस केन्द्रमा २०० मिटरबाट विद्युत् ल्याउन मात्रै ६ हजार खर्च भयो ।”

मतदान अधिकृत र सहायक मतदान अधिकृतले आफ्नै गोजीको खर्च गर्ने अवस्था रहेको दाहालले गुनासो गरे । “सडक, विद्युत् र अन्य भौतिक पूर्वाधार भएको मतदान केन्द्र र दुर्गम गाउँको मतदानस्थललाई समान खर्च व्यवस्थाले व्यवस्थापनमा कठिनाइ आएको छ,” उनले थपे । 

Global Ime bank

यो मतदानस्थलमा पुग्न जिल्लबाट समस्या छ । इलामबाट झापाको बिर्तामोड, दमक, मोरङको मिक्लाजुङ हुँदै मतदानस्थलमा पुग्नुपर्छ । उपनिर्वाचनका लागि आवश्यक सामग्री पनि यसरी नै पुर्‍याइएको हो । 

सहायक मतदान अधिकृत गोविन्दप्रसाद ढकालले अभावका बीचमा पनि नमुना रूपमा मतदान सम्पन्न गर्ने तयारीमा जुटेको बताए । उनले राजनीतिक दल र जनताबाट साथ पाएकाले मतदान प्रक्रिया सहजै सम्पन्न हुने विश्वास देखाए । 

यहाँ ६४४ मतदाता रहेको र अघिल्लो निर्वाचनमा त्यहाँ ४०० को हाराहारीमा मतदान भएको उनी बताउँछन् । मतदान अधिकृत दाहालले झापाको दमकबाट ४६  किलोमिटर कच्ची सडक पार गरेर मतदान केन्द्रमा आएको बताए । इलामकै बाटो इलाम सदरमुकाम आउन करिब पाँच घण्टा लाग्ने उनले जानकारी दिए । 

यहाँ २०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।  

इलाम–२ मा  निर्वाचनका लागि ७९ मतदानस्थल रहेको छ । यी मतदानस्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ ।  निर्वाचनका लागि ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ । 

मुख्य निर्वाचन अधिकृत केशवप्रासद घिमिरेले निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मतपरिणाम घोषणा गर्ने तयारी गरेको जानकारी दिए । वैशाख १५ गते इलाम जिल्लाभरि सार्वजनिक यातायात नचल्ने गरी सर्वदलीय बैठकले निर्णय गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय