खेल

पाकिस्तान दोस्रो खेलमा भारतविरुद्ध खेल्दै 

पाकिस्तान दोस्रो खेलमा भारतविरुद्ध खेल्दै 

एजेन्सी ।   जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको दोस्रो खेलमा आज पाकिस्तान भारतविरुद्ध खेल्दैछ । सुपर फोरको पहिलो खेलमा अफगानस्तानमाथि ३ विकटेको जित निकालेको पाकिस्तान दोस्रो खेलमा भारतको सामना गर्दैछ । दुबईस्थित अन्तर्राष्ट्रिय रंगशालामा खेल बेलुका ५ः१५ बजे सुरु हुँदैछ । भारतले सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो । समूह चरणका खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा भइसकेको छ । जसमा भारतले बाजी मारेको थियो । 

यस्तै सुपर फोरको दोस्रो खेलमा अफगानस्तान र बंगलादेश भिड्दैछन् । बेलुका सवा ५ बजे शेख जायद रंगशालामा पहिलो खेलमा पराजित दुबै टोली जितको खोजीमा हुनेछन् । समूह चरणमा भएको खेलमा अफगानिस्तानले बंगलादेशमाथि १ सय ३६ रनको जित निकालेको थियो । 

बेलुकाको प्रतिस्पर्धाले भारत र पाकिस्तान मध्ये एउटा टिमलाई फाइनलमा पुयाउनेछ । सुपर फोरको पहिलो खेलमा बिजयी दुबै टोलीले फाइनल प्रवेशका लागि आज उत्कृष्ट नतिजा निकाल्नुपर्नेछ । पहिलो खेलमा पराजित बंगलादेश र अफगानिस्तानले फराकिलो जित निकाले फाइनलको यात्रा कायम रहनेछ । 
 

तपाईंको मत