site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फ्रान्स vs पोर्चुगल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी, पेरीस  । १५ औँ सस्करणको युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको उपाधि भिडन्त आगामी आइतबार राती फ्रान्सको पेरिसमा हुदैछ । पेरीसस्थित स्टेड डी फ्रान्स रंगशालामा नेपाली समयअनुसार पौने १ बजे हुने फाइनलमा आयोजक फ्रान्स र पोर्चुगल भिड्दै छन् ।
 
बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा विश्वकप विजेता जर्मनीलाई २ – ० ले पराजित गर्दै फ्रान्सले फाइनलमा स्थान पक्का गरेको हो । पोर्चुगल पनि वेल्सलाई २–० ले नै पराजित गर्दै फाइनलमा पुगेको हो । यस्तोमा दुई पटकको युरो बिजेता फ्रान्सले १६ वर्षपछि युरोकप फुटबलको फाइनल खेल्दै छ भने पोर्चुगलले १२ वर्षपछि फाइनल खेल्दै छ ।
 
फ्रान्सले सन् २००० को युरोकप जितेपछि पहिलोपटक फाइनलमा पुगेको हो । यस्तै पोर्चुगलले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन । पोर्चुगल सन् २००४ मा घरमै आयोजना भएको युरोको फाइनल पुगेको थियो । तर, फाइनलमा ग्रिससँग हारेपछि पोर्चुगलले दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । यस्तोमा आइतबार राती हुने फाइनल भिडन्तमा फ्रान्स पोर्चुगल आमनेसामने हुँदै छन् । र, दुवै टोली युरोकपको उपाधि जित्न चाहन्छ ।
फ्रान्स र पोर्चुगल युरोपियन फुटबलको महारथीहरु हुन् । र, आइतबार राती १५ औँ सस्करणको युरोकपको फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दाको केही तथ्यहरु भने रोमान्चक बन्ने अनुमान गरिएको छ । किनकि दुई टोलीबीचको पछिल्ला नतिजा भने पोर्चुगलको पक्षमा छैन ।
 
पोर्चुगलले सन् १९७५ को मार्चदेखि अहिलेसम्म फ्रान्सलाई हराउन सकेको छैन । त्यसैले आइतबार राती फ्रान्सबिरुद्ध उसैको मैदानमा उत्रदा पोर्चुगललाई पछिल्ला १० खेलमा जित हात पार्न नसकेको यथार्थले सताउने छ । फ्रान्स भने आफ्नो अपराजित यात्रालाई लम्बाउन चाहन्छ ।
 
हुनपनि पोर्चुगलले फ्रान्सलाई हराउन नसकेको ४ दशक बढी भैसकेको छ । सन् १९७५ को मार्चमा भएको मैत्रिपूर्ण खेलमा २–० को जित हात पारेको पोर्चुगलले त्यसपछि फ्रान्सलाइ मैत्रीपुर्ण र ठूला प्रतियोगितामा हराउन सकेको छैन । पोर्चुगलले फ्रान्ससँगको पछिल्लो १० भेटमध्ये ३ पटक ठूला प्रतियोगितामा भिडेका छन् । यसक्रममा सन् २००० को युरोको सेमिफाइनल र २००६ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । त्यसअघि सन् १९८४ को युरोको सेमिफाइनलमा पनि पोर्चुगल फ्रान्ससँग पराजित भएको थियो ।
 
 
तर, रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगललाइ यसपटक हारको शृंखला रोक्न र उपाधिबिहीन यात्रा टुंगाउन चाहन्छ । त्यस्तै समकालीन समयको खेलाडीमध्ये उत्कृष्ट खेलाडीमा पर्ने रोनाल्डोलार्इ युरोपियन च्याम्पियनसीपमा अहिलेसम्म हात पार्न नसकेको सफलता हात पार्ने अवसर छ । र, रोनाल्डोलाई आफ्नो टोलीले जित्ने बिश्वास समेत छ ।
 
“१२ बर्षअघि र अहिले निक्कै फरक छ । त्यसबेला म १८ बर्षको थिएँ र मेरो लागि त्यो पहिलो ठूला प्रतियोगिता र पहिलो फाइनल थियो ।” रोनाल्डोले फाइनलबारे भनेका छन, “अहिले त्यसको १२ बर्ष बितिसकेको छ र फेरि हामी ठूला प्रतियोगिताको फाइनलमा पुगेका छौं । मैले त्यसबेला पोर्चुगलका लागि उपाधि जित्ने सपना देखेको थिए र  आशा गर्छु  अहिलेको हम्रोलागी उपयुक्त समय हो ।”
 
 
तर जर्मनी जस्तो ठुला टोलीलाई पाखा लगाएर फाइनल पुगेको आयोजक फ्रान्सबिरुद्ध रोनाल्डोको पोर्चुगललाई कठिन चुनौती हुने छ । किनकि डिडियर डेसच्याम्पको प्रशिक्षणमा रहेको लेस ब्लुजको टिममा एन्टोनी ग्रीजम्यान जस्ता चलाख फरवार्डको साथ रहेको छ ।  उनै ग्रिजम्यानले दुई गोल गरेपछि फ्रान्सले जर्मनीलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । अब फाइनलमा पनि ग्रीजम्यान आफ्नो राम्रो प्रदर्शन जारी राख्दै प्रतियोगिता शानदार बनाउन चाहन्छन ।
 
“हामी जुलाई १० मा हुने फाइनलको सपना लिएर प्रतियोगिता सुरुवात गरेका थियौं, जुन पूरा भएको छ ।” जर्मनीविरुद्ध दुई गोल गरेका ग्रीजम्यानले भनेका छन, “हामीसँग अझै एक खेल बाँकी छ । तर  फाइनलमा पनि हाम्रो प्रदर्शन यस्तै हुनेछ । हामी प्रतियोगिताको शानदार अन्त्य गर्न चाहन्छौं ।” ग्रीजम्यान प्रतियोगितामा अहिलेसम्मको सर्बाधिक गोल कर्ता पनि हुन् । उनले जारी प्रतियोगितामा ६ गोल गरिसकेका छन् ।
 
 
त्यसमाथि यूरोकप फुटबलमा फ्रान्सको इतिहास निकै समृद्ध छ । फ्रान्सले सन् १९८८ बाहेक सबै संस्करणको युरोकप खेल्दै आएको छ ।  सन् १९८४ मा मिचेल प्लाटिनीप्रेरित फ्रान्सले घरेलु मैदानमा युरोपियन च्याम्पियनसिप जितेको थियो । त्यसको १४ वर्षपछि फ्रान्सेली समर्थकलाई जिनेदिन जिदानप्रेरित टोलीले १९९८ मा घरमै भएको विश्वकपको उपाधि दिलाएको थियो । सन् १९९८ मा घरेलु मैदानमा फ्रान्सको कप्तानका रूपमा विश्वकपको उपाधि उचालेका डेसच्याम्पले घरेलु मैदानमै हुने युरोकपमा प्रशिक्षक भएर राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका छन् । र, डेसच्याम्पलाई प्रशिक्षकका रुपमा पनि युरोकपको उपाधि जित्न मौका समेत छ । त्यसपछि फ्रान्सले सन् २००० को युरो जितेको छ ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७३  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC