site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वेल्सलाई पराजित गर्दै पोर्चुगल युरोकप फाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी
पेरिस । वेल्सलाई पराजित गर्दै पोर्चुगल फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको पहिलो सेमिफाइनलमा वेल्सलाई २ – ० ले पराजित गर्दै पोर्चुगल उपाधि नजिक पुगेको हो ।
लियोनस्थित स्टेड डी लियोनमा भएको खेलमा दोस्रो हाफको तिन मिनेट भित्र दुई गोल गर्दै पोर्चुगलले फाइनल यात्रा तय गरेको हो । पोर्चुगलको जितमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र नानी एक एक गोल गरे । अब उपाधिका लागी जर्मनी र आयोजक फ्रान्सबीचको दोस्रो सेमिफाइनल विजेतासंग खेल्ने छ । दोस्रो सेमिफाइनल बिहिबार राती हुनेछ ।
पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलको ५० औ मिनेटमा कर्नरमा हेड गोल गर्दै रोनाल्डोले पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । त्यसको तिन मिनेट नबित्दै ५३ औ मिनेटमा नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टोलीले केहि गोलको अवसर पाएपनि गोल गर्न नसक्दा पोर्चुगलले २ – ० को जितसहित फाइनलमा स्थान बनाउन सफल भयो ।
युरोकपमा पहिलोपटक सहभागिता जनाएको वेल्सले पोर्चुगलविरुद्ध कुनै चमत्कार गर्न सकेन । वेल्सका ग्यारेथ बेलले केहि गोलको प्रयास गरेपनि गोल हुन् नसक्दा वेल्स सेमिफाइनलबाट बाहिरिन पुग्यो । बेलकाे प्रहार पोर्चुगलका किपरले बचाएका थिए । त्यस्तै पोर्चुगलका खेलाडीले समेत गोलको केहि अवसर खेर फालेको थियो ।
वेल्स ५८ वर्षपछि ठूलो प्रतियोगिता खेलेको हो र पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गरेको हो । उसले अन्तिम पटक ६८ वर्षअघि विश्वकप खेलेको थियो । त्यसपछि वेल्सले ठुला प्रतियोगितामा सहभागिता थिएन । त्यस्तै वेल्सले सन् १९७६ मा युरोकप खेलेको थियो । तर, त्यतिबेला सेमिफाइनलपछिका खेललाई मात्र युरोमा अन्तिम चरण मानिन्थ्यो । त्यसैले वेल्सले प्राविधिक रूपमा पहिलोपल्ट युरो खेलेको हो ।
यता, पोर्चुगल भने युरोकपको फाइनलमा दोस्रो पटक पुगेको हो । यसअघि पोर्चुगल सन् २००४ मा घरमै आयोजना भएको युरोको फाइनल पुगेको थियो । तर फाइनलमा ग्रिससँग हारेपछि पोर्चुगलले दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । त्यस्तै पोर्चुगल सन् २००० र २०१२ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७३  ०३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC