site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डो र बेल एक अर्काविरुद्ध भिड्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
एजेन्सी, पेरिस । फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको सेमिफाइनल भिडन्त बुधबारबाट सुरु हुँदै छ । आइतबार राती अन्तिम क्वाटरफाइनलमा आइसल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश गरेसँगै युरोकपको सेमिफाइनल समीकरण पुरा भएको थियो ।
 
जारी १५ औँ सस्करणको युरोकपको अन्तिम चारमा आयोजक फ्रान्ससँगै पोर्चुगल, वेल्स र जर्मनीले स्थान बनाएका छन् । बुधबार राती हुने पहिलो सेमिफाइनलमा पोर्चुगलले वेल्सको सामना गर्नेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा  बिहीबार राती फ्रान्सले जर्मनीको सामना गर्ने छ ।
 
सेमिफाइनल भिडन्त
असार २२ गते  पोर्चुगल भर्सेस वेल्स (राति पौने एक बजे)
असार २३ गते  जर्मनी भर्सेस फ्रान्स (राति पौने एक बजे)
 
क्वाटरफाइनलबाट बाहिरिएका टिम –
इटाली, आइसल्याण्ड, बेल्जियम र पोल्याण्ड
 
पोर्चुगल भर्सेस वेल्स
फ्रान्स युरोकपको पहिलो बिहीबार राती सेमिफाइनलमा पोर्चुगल र वेल्स भिड्दै छन् । दुई टोलीबीच योसँगै चौथो पटक भिड्न लागेका हुन् । यसअघि दुई टोलीबीच तीन पटक आमनेसामने भएका छन् । जसमा पोर्चुगलले २ खेल जितेको छ भने एक खेल वेल्सले जितेको छ ।
 
अन्तिम १६ मा क्रोएसियालाई पराजित गरेको पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्डलाई पराजित गरेको थियो । यस्तै अन्तिम १६ मा नर्दन आयरल्याण्डलाई पराजित गरेको वेल्सले क्वाटरफाइनलमा बेल्जियमलाई पराजित गरेको थियो ।
पहिलो सेमिफाइनलमा दुई टोलीबीचको भिडन्तलाई रियल मड्रिडका दुई स्टार क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलबिचको भिडन्तका रुपमा हेरिएको छ ।
 
 
किनकि वेल्स र पोर्चुगल टिममा बेल र रोनाल्डोबाहेक अन्य स्टार खेलाडी छैन । र, बेल र रोनाल्डो रियल मड्रिडमा टिममेट हुन् । दुबैले आफ्नो टोलीलाई सेमिफाइनल तय गराउन निकै महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसैले वेल्स र पोर्चुगलबिचको भिडन्तलाई बेल र रोनाल्डोसँग जोडिएको छ ।
 
पोर्चुगल टोली
फ्रान्स युरोकपमा पोर्चुगललाई सशक्त टोली मानिएको थियो । समूह चरणमा पोर्चुगल समूह ‘एफ’मा पर्यो । जुन तुलनात्मक रुपमा कमजोर टोली रहेको समूह मानिन्थ्यो । यस समूहबाट दोस्रो चरण पुग्ने टोलीमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको पोर्चुगललाई नै मानेका थिए ।
 
तर, पोर्चुगलले समुह चरण पार गर्न उत्कृष्ट तेस्रो हुनुपर्यो । उसले समूहचरणको तीन वटै टोलिसँग बराबरी खेल्यो । तर, त्यसपछि पोर्चुगलले बिस्तारै लय समात्दै सेमिफाइनलको यात्रा तय गरेको हो । यस्तोमा पोर्चुगल टोलीलाई  स्टार खेलाडीको साथ रहदै आएको छ ।
 
पोर्चुगलको टोलीमा भेट्रान खेलाडीदेखि नयाँ खेलाडीको बाहुल्यता उतिकै छ । टोलीमा ३८ वर्षे चेल्सीका पूर्व भेट्रान सेन्टर डिफेन्डर रिकार्डो कार्भालोदेखि नयाँ युवा खेलाडीहरु १८ वर्षे रेनाटो सान्चेज, विंगर बेर्नार्डो सिल्भा र मिडफिल्डर विलियम कार्भालो र जोओ मारियो छन्  । त्यस्तै पोर्चुगल टोलीमा क्रिष्टियानो रोनाल्डो र नानीको उपस्थिति पोर्चुगलका लागी फलदायी रहदै आयको छ ।
 
तर, पोर्चुगलको मुख्य हतियार कप्तान रोनाल्डो नै हुने छन् । जुन रोनाल्डोले यसअघिका खेलबाट प्रमाणित गरिसकेको छ । खासगरी नकआउट चरणमा स्थान बनाउन पोर्चुगलले हंगेरीसँग ३–३ को बराबरी खेल्दा रोनाल्डोले दुई गोल गरेका थिए भने अर्को गोलका लागी पास मिलाएका थिए ।  र, रोनाल्डो आफ्नो टोलीबाट दोस्रो पटक युरोकपको फाइनल खेल्न चाहन्छन् ।
 
२००४ मा घरमै आयोजना भएको खेलमा ग्रिससँग हारेपछि दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । त्यस्तै पोर्चुगलले सन् २००० र २०१२ मा सेमिफाइनलसम्म पुगेको पोर्चुगल क्रमशः फ्रान्स र स्पेनसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।
 
वेल्सको टोली
वेल्सलाई फ्रान्स युरोमा सबैले कौतुहलताका साथ हेरेका थिए । किनकि वेल्सले पहिलोपटक युरोकपमा सहभागिता जनाउदै थियो । र, वेल्सले सवैको अपेक्षाकृत नतिजा ल्याउदै अन्तिम चार सम्मको यात्रा तय गरिसकेको छ । अब, बुधबार हुने सेमिफाइनलमा जित निकाल्दै वेल्स एतिहासिक सफलता हात पार्न चाहन्छ ।
 
समुह बिको बिजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । वेल्ससँग बेल बाहेक अन्य स्टार खेलाडी छैन । जसका लागी क्लब फुटबलकै सबैभन्दा महंगा खेलाडी ग्यारेथ बेलले सशक्त प्रदर्शन गरेका थिए । र, ५८ वर्षपछि ठूलो प्रतियोगिता खेलेको वेल्स पहिलो पटक युरोपियन च्याम्पियनपसिपको सेमिफाइनलमा पुगिसकेको छ । समूह चरणमा तीन गोल गरेका बेलले  त्यसपछिका दुई खेलमा भने गोल गरेका छैनन् । तर, वेल्सले यहाँसम्म यात्रामा बेलको भूमिका उच्च छ ।
वेल्स लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलको ठूलो प्रतियोगितामा फर्किएको हो । उसले अन्तिम पटक ६८ वर्षअघि विश्वकप खेलेको थियो । त्यसपछि वेल्सले ठुला प्रतियोगितामा सहभागिता थिएन । त्यस्तै वेल्सले सन् १९७६ मा युरोकप खेलेको थियो । तर, त्यतिबेला सेमिफाइनलपछिका खेललाई मात्र युरोमा अन्तिम चरण मानिन्थ्यो । त्यसैले वेल्सले प्राविधिक रूपमा पहिलोपल्ट युरो खेलेको हो ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७३  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC