site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले अनलाइन सञ्चार माध्यमहरुको व्यवस्थित सञ्चालनको तयारी थालेको छ । यसअघि प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिनाभित्र सूचना विभागमा अनलाइन सञ्चार माध्यम नवीकरण गर्नुपर्ने नियम थियो ।

अब सूचना तथा सञ्चार मन्त्रालयले राजपत्रमा प्रकाशित गरी तोकिएको अवधिभित्र विभागमा नवीकरण गराउनुपर्ने नियम ल्याउनेछ । यसका लागि सूचना मन्त्रालयले आन्तरिक तयारी थालेको सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले बाह्रखरीलाई जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अनलाइन सञ्चार माध्यमको व्यवस्थित सञ्चालनका लागि सरकारले अनलाइन सञ्चार माध्यम निर्देशिका संशोधन गर्ने भएको हो,” मन्त्री बस्नेतले भने, “संशोधित निर्देशिकाले अनलाइन सञ्चार माध्यमको दर्ता गर्न प्रोत्सहान र व्यवस्थित सञ्चालन गरी यसको विश्वशनीयता थप बढाउनेछ ।”

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका केपी ओलीको तत्कालीन सरकारले २०७३ माघ ९ मा जारी गरेको थियो ।   २०७४ जेठ १९ मा पहिलोपटक अनलाइन सञ्चार माध्यम निर्देशिका संशोधन भएको थियो ।

Global Ime bank

सञ्चार माध्यमहरुको दर्ता, नवीकरण र व्यवस्थापन गर्न सुशासन ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी निर्देशिका जारी र संशोधन गरिएको सुचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार नेपालमा ७ सय २० अनलाइन सञ्चार माध्यमहरु दर्ता भए पनि करिब ३ हजार अनलाइन सञ्चार माध्यमहरु सञ्चालनमा रहेका छन् ।   सञ्चार माध्यम नवीकरण गर्दा कर चुक्ताको प्रमाण पत्र पेश गर्ने विभागको प्रावधान छ ।

आर्थिक वर्षको अन्त्यसम्म पनि कर चुक्ता गर्न नसकेका अनलाइन सञ्चार माध्यमहरु यसअघि विभागमा दर्ता हुन ढिलाइ भइरहेको थियो । “निर्देशिका संशोधनपछि उक्त समयावधि केही लम्बिनेछ । यसबाट सबै अनलाइन सञ्चार माध्यमहरु विभागमा दर्ता हुने अपेक्षा गरिएको छ,” मन्त्रालय स्रोतले भन्यो ।  
 
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC