site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

दोलखा । बैतेश्वर गाउँपालिका–७ मार्बु रिमालगाउँदेखि नागदह जोडिएको ग्रामिण कृषि सडक निर्माण भएको छ । भूकम्प पीडितको आवास निर्माणका लागि नागदहबाट आवश्यक पर्ने निर्माण सामग्री जस्तै बालुवा गिट्टी ढुवानीमा सहयोग पु¥याउने उद्देश्यले सो सडक निर्माण गरिएको हो । 

बैतेश्वर गाउँपालिकाले सो सडक निर्माणका लागि रु १० लाख बजेट बिनियोजन गरिएको हो । सो सडक तीन किलोमिटर लम्वाईको रहेको बैतेश्वर गाउँपालिका–७ का वडाध्यक्ष रेशम रिमालले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

२०६६ सालमा यो सडक निर्माण कार्य शुरु गरिए पनि विभिन्न समयमा रोकिएकाले यसपटक गन्तव्यमा पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष डिल्लीनाथ रिमालले बताए । पटक पटक गरी यो सडक निर्माणका लागि रु २७ लाख खर्च भएको उनले बताए ।  

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले बैतेश्वर गाउँपालिका–७, मार्बु रिमालगाउँ सो सडकको उद्घाटन गर्दै यो सडकको निर्माणले भूकम्प पीडितको आवास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

Global Ime bank

“बालुवा–गिट्टीको अभावका कारण भवन निर्माणमा समस्या झेलिरहेका भूकम्प पीडितका लागि यो ग्रामीण कृषि सडकले ठूलो सहयोग पुर्याउँछ, प्रदेशसभा सदस्य विशाल खड्काले भने, यहाँको बालुवा–गिट्टीले गौरिशंकर गाउँपालिका र बैत्यश्वर गाउँपालिकामा भवन निर्माणका लागि ठूलो सहयोग मिल्नेछ ।” 

बैतेश्वर गाउँपालिका–७ ले प्रतिघनमिटर रु १४५ कर लिई बालुवा–गिट्टी–रोडा झिक्न दिने समेत वडाध्यक्ष रिमालले बताए । यो ग्रामिण कृषि सडक भीमेश्वर नगरपालिका–२ सँग जोडिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC