site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाली सेनाले प्रदेश नं १, २ र ३ अन्तर्गतका विभिन्न जिल्लामा यस वर्षको भूपू सैनिक सम्मेलन यही माघको दोस्रो सातादेखि गर्ने भएको छ । 

सम्मेलनको क्रममा भूपू सैनिक र बहालवाला सैनिकका परिवारजनलाई लक्षित गरी बृहत् स्वास्थ्य शिविर सञ्चालन हुनका साथै भूपू सैनिक परिचयपत्र र निवृत्तिभरण कार्ड वितरण एवं कानूनी परामर्श सेवा प्रदान गरिने नेपाली सेनाले जानकारी दिएको छ । 

लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट लघुवित्त व्यवसायीलाई पुरस्कार, ज्येष्ठ भूपू सैनिक तथा एकल महिलाको सम्मान तथा बहालवाला र भूपू सैनिकका अशक्त आश्रितलाई सम्मेलनका अवसरमा ह्विलचियर प्रदान गरिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रत्येक दुई वर्षमा हुने उक्त सम्मेलनको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गर्नेछन् । सम्मेलनमा सैनिक नेतृत्वबाट भूपू सैनिकका पीरमर्का र गुनासो सुनेर कल्याणकारी सेवालाई समयानुकूल बनाउन कोसिस गर्ने परम्परा रहिआएको छ । 

नेपाली सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजित सम्मेलनमा भूपूका अतिरिक्त पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिला, आश्रित र बहालवाला सैनिकका परिवारका सदस्यको सहभागिता रहनेछ । 

Global Ime bank

नेपाल इन्भेष्टमेन्ट बैंकले नेपाली सेनाको कल्याणकारी बोर्डको सहकार्यमा भूपू सैनिक र तिनका आश्रितलाई सहुलियत ब्याजदरमा लघुवित्त कार्यक्रमका लागि ऋण प्रदान गर्दै आएको छ । उक्त कार्यक्रमबाट धेरै भूपू सैनिक लाभान्वित भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मुलुकमा भूपू सैनिकको संख्या करिब ६८ हजार छ । 

विश्वशान्ति स्थापनाका लागि द्वन्द्वरत मुलुकमा खटिएका शान्ति सैनिकले प्राप्त गर्ने भत्ताबाट कटौती भएको रकमबाट सञ्चालित सैनिक कल्याणकारी कोषमा हाल करिब रु ४० अर्ब रकम रहेको छ । उक्त रकमको ब्याजबाट नेपाली सेनाले भूपू सैनिकलगायतका हितकारीलाई विभिन्न सहयोग र राहतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

सम्मेलनका क्रममा भूपू सैनिकबाट परेड प्रस्तुत गर्नुका साथै आ–आफ्नो क्षेत्रको वेशभूषा झल्कने सांस्कृतिक कार्यक्रम र गीत संगीत प्रस्तुत हुनेछ । प्रदेश नं ३ को सिन्धुलीको ठूलीटार ब्यारेकमा माघ १७ र १८ गते आयोजना हुने सम्मेलनमा सिन्धुली, रामेछाप र दोलखामा बसोबास गरी सोही क्षेत्रको बैंकबाट निवृत्तिभरणको रकम बुझिरहेका भूपू सैनिक तथा परिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिको सहभागिता रहने छ । 

चितवनको भरतपुर ब्यारेकमा माघ २० र २१ गते हुने सम्मेलनमा चितवन र मकवानपुरका तथा नुवाकोटको त्रिशूली ब्यारेकमा २२ र २३ गते आयोजना हुने सम्मेलनमा धादिङ, नुवाकोट र रसुवामा रहे बसेका भूपूको सहभागिता हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

प्रदेश नं २ को मध्य पूर्वी पृतना मातहतको धनुषास्थित महेन्द्रनगर ब्यारेकमा फागुन १० र ११ गते हुने सम्मेलनमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा बसोबास गर्ने भूपू सैनिकको सहभागिता रहने छ । 

त्यस्तै, प्रदेश नं १ को पूर्वी पृतनाअन्तर्गत सुनसरीस्थित इटहरी ब्यारेकमा फागुनको २४ र २५ गते हुने सम्मेलनमा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर र ताप्लेजुङ तथा धनकुटाको हिले ब्यारेकमा फागुन २५ र २६ गते आयोजना हुने सम्मेलनमा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका भूपू सैनिकको सहभागिता रहने छ । उदयपुरको भुल्चे ब्यारेकमा फागुन २६ र २७ गते उक्त सम्मेलन हुने नेपाली सेनाले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC