site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement


हेटौँडा । वाग्मती गाउँपालिका– १ मा विद्युत् सेवा विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले सेवा विस्तार गरेपछि यहाँका करिब ४०० घरधुरी लाभान्वित भएका छन् । 

राईगाउँका स्थानीयवासी अरुण वलले वर्षौंदेखिको बिजुलीको उज्यालोमा बस्ने सपना पूरा भएको बताए  । उनले भने, “अब बालबच्चालाई पढ्न टुकी बाल्न पर्दैन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीयवासी ४० वर्षीया फुलमाया घिसिङले अब साँझ बिहान घरायसी काम गर्न सहज हुने बताए । चार सन्तानकी आमा घिसिङले दिनभर उज्यालो हुन्जेल खेतबारीमा काम गर्नुपर्ने र साँझ बिहान टुकीमा घरधन्दा गर्ने गरेको बताए ।  

उनले भने, “कहिलेकाहीँ त टुकीमा तेल सकिएर चुलोमा बलेको दाउराको भरमा मात्र काम गरिन्छ, तर बच्चाहरुले पढ्न पाउँदैनन् ।” 

Global Ime bank

विद्युत् विस्तार भएको वडामा तीनवटा विद्यालय र एउटा खोपकेन्द्र रहेको छ । वाग्मती गाउँपालिका अध्यक्ष सर्केस घलानले वर्षौंदेखि स्थानीयवासी विद्युत् लाइनको अभावमा अन्धकारमय जीवनयापन गर्दै आएको बताए ।  

“वाग्मती गाउँपालिकाको अन्य वडामा समेत विद्युत् सेवा विस्तार गर्ने योजना छ,” उनले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC