काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालय (केयू)द्वारा नोबेल र विराट मेडिकल कलेजलाई थप सिट उपलब्ध गराउने पत्रको जवाफ दिँदै थप सिट संख्या बढाउन नसकिने बताएको छ । काउन्सिलले केयूलाई पत्र पठाउँदै उसले भनेको अनुसार नोबेल र विराटलाई थप १०–१० सिट दिन नसकिने जानकारी गराएको हो ।
काउन्सिलका रजिष्ट्रार डा. दीलिप शर्माले हस्ताक्षर गरेको पत्रमा काउन्सिलले दुवै कलेजको अधिकतम सिट संख्या तोकिसकेको परिप्रेक्ष्यमा त्यसमा सिट संख्या वृद्धि गर्न पुनरावलोकनको कुनै पनि स्थान नरहेको उल्लेख गरिएको छ ।
पत्रमा काउन्सिलले २०७२ सालमा तत्कालीन प्रधानन्यायाधीशले जारी गरेको परमादेशलाई समेत मनन गर्न केयूलाई आग्रह गरेको छ ।केयूले विराटनगरमा रहेको नोबेल र विराट मेडिकल कलेजमा १०–१० सिट थप्न भन्दै काउन्सिलमा गत कात्तिक ३० गते पत्र पठाएको थियो । केयू स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. राजेन्द्र कोजुले काउन्सिलमा सिट पुनरावलोकन गरिदिन भन्दै पत्र पठाएका थिए ।
यय शैक्षिक सत्रका लागि काउन्सिल र केयूका विज्ञहरुको टोलीले नोबेललाई ९० र विराटलाई ६५ सिट दिन सिफारिस गरेका थिए । सोही आधारमा उनीहरुले सिट पाएका छन् ।