site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अछाम, रासस । अछाम जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजना नक्कली म्यादी पक्राउ परेका छन् । 

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए । 
तुर्माखाद गाउँपालिका–४ बस्ने १८ वर्षीय सुरेश नेपालीले आफ्नै गाउँको जिल्ला बाहिर रहेका व्यक्तिको नागरिकता पेश गरी म्यादी प्रहरीमा भर्ना भएको खुल्न आएको र निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको बताइएको छ । जिल्लामा एक हजार २४३ जना म्यादी प्रहरी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रत्यक्षतर्फ महिला उम्मेदवार छैनन् 

आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अछाममा कुनै पार्टीबाट एकजना पनि महिला उम्मेदवार छैनन् । जिल्लामा महिला मतदाताको संख्या पुरुषको हकमा बढी रहे पनि महिलाको उम्मेदवारी नपर्नु दुःखद भएको महिला नेत्रीले बताएका छन् । राजनीतिक दलहरुले महिलामाथि विश्वास नगरेकै कारण जिल्लामा प्रत्यक्षतर्फ महिला उम्मेदवार शून्य रहेको उनीहरुको भनाइ छ । 
साँफेबगर नगरपालिकाका उपप्रमुख विरमला बुडथापाले राजनीतिमा जति ठूला कुरा गरे पनि पार्टीभित्र नै महिलालाई पछाडि पार्ने काम भइरहेको बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC