site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हुनत २०६३ पछिका सरकारहरू झन् झन् थेत्तरा हुँदैगएका छन् । जनताका प्रश्नको मात्र हैन संसद् र अदालतकै पनि आदेश, सिफारिस वा प्रश्नलाई सरकारले सम्बोधन गर्न आवश्यक र योग्य नै ठानेको देखिँदैन । जति नै ठूलो घोटाला वा अनियमितताको समाचार सार्वजनिक भए पनि सरकारले देखे वा सुनेजस्तो गर्दैन । यस्तो अवस्थामा कुनै एकजना कसुरदार भागेको विषयमा देशका गृह मन्त्रीले उत्तर देलान् भन्ने ठान्नु वा जबाफ माग्नु सायद मूर्खता ठहरिएला । तर, अदालतबाट कर्तव्य ज्यान मुद्दामा कसुरदार ठहरिई २० वर्ष कैद सजाय सुनाइएका व्यक्तिलाई बारा प्रहरीले पक्रेर पनि कारागारमा पठाउनुको साटो भाग्न दिएको र त्यसमा गृह मन्त्रीको समेत संलग्नता भएको समाचार सार्वजनिक हुँदा त्यसमा गृह मन्त्रीलगायत सिंगो सरकारको ध्यानाकर्षण भएको हुनुपर्छ । 


कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सुनाइएका बाराको विश्रामपुर — २ बरैनियाका अशोककुमार साह कलवार गृह मन्त्रीको पार्टी नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता रहेको समाचारमा उल्लेख भएको छ । निज कलवारलाई बाराको छतवा चौकीका प्रहरीले गाउँबाटै पक्रेर जिल्लाबाट खटिएको टोलीलाई बुझाएकोमा निजलाई कारागारमा नबुझाई गृह मन्त्रीको आदेशमा भगाएको पनि समाचारमा लेखिएको छ । समाचारअनुसार कलवारलाई उम्काउन प्रहरीले मोटो रकम लिएको आरोप पनि लगाइएको छ । अर्कातिर, बारा प्रहरीले कलवारलाई पक्राउ नै नगरिएको दाबी गरेको पनि समाचारमा उल्लेख छ । समाचारअनुसार कलवारलाई छुटाउन माओवादी केन्द्रका नेताहरू जिल्ला प्रहरी कार्यालयमा दबाब दिन गएका थिए । समाचारमा निज कलवार अहिले गाउँमा खुलारूपमा घुमफिर गर्दैरहेका र आोफूलाई पक्रन सहयोग गरेको भन्दै गाउँलेलाई धम्क्याइरहेका छन् । 


अदालतले कर्तव्य ज्यान मुद्दामा कसुरदार ठहर गरी २० वर्ष कैद सजाय दिएको व्यक्तिलाई प्रहरीले पक्री सकेपछि पनि झ्यालखानामा नबुझाई पैसा लिएर प्रहरीले भगाउँछ भन्नेमा विश्वास गर्न कठिन हुन्छ । त्यसमाथि गृह मन्त्रीले नै मातहत प्रहरीलाई पक्राउ परेको अपराधी भगाउन आदेश दिए होलान् भनेर पत्याउन त झन् सकिँदैन । तर, समाचारको आधिकारिक खण्डन वा चित्त बुझ्दो स्पष्टीकरण नहुँदासम्म त्यसलाई पत्याउन करै लाग्छ । माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल प्रकरणले गृह मन्त्रीका पार्टीका नेताहरूले अदालतको निर्णयको सम्मान नगरेको पनि उदाहरणले पनि समाचार पत्याउन कर लाग्छ । यस्ता समाचारलाई बेवास्ता गर्दा सत्य हैन भने पनि त्यो सत्यका रूपमा स्थापित हुन्छ र अपराधी उम्काउने व्यक्तिका हातमा गृह मन्त्रालय हुनु उपयुक्त नहुने धारणा व्यापक हुनपुग्छ । समाचार सत्य हो भने प्रहरीभित्रका दोषीहरूउपर कानुनबमोजिम कारबाही हुनुपर्छ र नैतिकरूपमा पनि गृह मन्त्रीले त्यसको जिम्मेवारी दिनुपर्छ । यसैले गृह मन्त्रीले बाराको कलवार भगाउने काण्डका सम्बन्धमा यथार्थ जानकारी दिनु र दिन लगाउनुपर्छ । यस्ता विषयमा ढाकछोप गर्न लाग्दा सरकारमात्र हैन समग्र शासन पद्धति नै थेत्तर हुँदै जान्छ । जनताप्रति शासकहरू उत्तरदायी नहुने हो भने लोकतन्त्र उपहारमात्र बन्न पुग्छ । आवरणमा रहेको लोकतन्त्रको बीउ नै मास्ने काम त नगरौँ ।   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC