site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालीको वैदेशिक रोजगारको प्रमुख गन्तव्यमध्येको मुलुक कतारका राष्ट्राध्यक्ष अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपाल  भ्रमणमा आउँदै छन् । उनलाई  स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने कार्यक्रम सार्वजनिक गरिए छ । उनको भ्रमणका अवसरमा नेपाल सरकारले मंगलवार देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

संयोग,  गणतन्त्र स्थापना गर्ने निर्णायक आन्दोलन सफल भएको बैशाख ११ गते नै कतारमा अमिरलाई नेपालमा भव्य स्वागत गरिँदैछ । विसं २०६३ सालमा आजकै दिन तत्कालीन राजाले आन्दोलनकारीहरूका सबै माग स्वीकार गरेका थियो । त्यही शान्तिपूर्ण आन्दोलनको उपलब्धिमध्ये गणतन्त्र पनि एउटा हो । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालमा कतारका अमिरको स्वागत र सम्मानमा कुनै कमी हुन नदिने तयारीमा देखिएको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुक भएकाले कतारका शासक अमिरको भव्य स्वागत गरिनु सायद अनपेक्षित पनि होइन । यद्यपि, अमिरको स्वागत गर्न राष्ट्रपति स्वयं विमानस्थलमा जाने र भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णयको भने आलोचना भएको छ ।   

Prabhu Bank
Agni Group
NIC Asia

जनसङ्ख्या र क्षेत्रफलका आधारमा कतार नेपालभन्दा करिब १० गुना सानो छ । तर, कतारको प्रतिव्यक्ति आय भने नेपालका तुलनामा ४२ गुना बढी छ । मूलतः खनिज तेलको आयबाट समृद्ध भएको कतारले मध्यपूर्वको राजनीतिमा विशेष रणनीतिक भूमिका खेल्दैआएको छ । आर्थिक हैसियतसँगै कूटनीतिक सक्रियताका कारण कतारका अमिर थानीको भूमिका महत्त्वपूर्ण हुन पुगेको हो ।    

नेपाल सरकारले दिएको सम्मानको कारण पनि कतारका अमिरको यही महत्त्वपूर्ण कूटनीतिक प्रभाव हुनुपर्छ । धनी मुलुक कतार नेपालीको वैदेशिक रोजगारको प्रमुख गन्तव्य त हुँदै हो नेपालका लागि कतारको आर्थिक सहयोग र लगानी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसैले रोजगार र सहायताका प्रस्तावित सम्झौताहरूका साथै कतारको प्रत्यक्ष वैदेशिक लगानीको विषय पनि नेपालले प्राथमिकतापूर्वक प्रस्तुत गर्नुपर्छ ।

Global Ime bank

दुई देशबीच हुने वार्तामा आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्धको विषयहरू त समेटिने नै छन् । कतारी र नेपाली अधिकारीहरूले यसको पर्याप्त गृहकार्य गरेकै होलान् । तर, कतारका अमिरको ध्यान नेपालले अहिले विपिन जोशीको रिहाइ र कतारको रङ्गशाला निर्माणका क्रममा नेपाली श्रमिकहरूको ज्यान गएको घटनाप्रति पनि आकर्षित गर्नुपर्छ । 

रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका नेपालीको आफन्तहरूले कतारका अमिरबाट न्यायको अपेक्षा गरेका छन् । रङ्गशाला निर्माणका क्रममा श्रमिकहरूको अमानवीय शोषण भएको लोमहर्षक तथ्यहरू उतिबेरै पनि सार्वजनिक भएको थियो । त्यसको नागरिक स्तरमा विरोध भए पनि नेपाल सरकारले आफ्ना नागरिकमाथि भएको अत्याचारलाई नउठाएर गुन लगाएको छ । अमिरले नेपाल भ्रमणका बेला गुन तिर्ने अपेक्षा छ ।

नेपालीका लागि कतारका अमिरको सबैभन्दा ठूलो कोसेली भने गत वर्ष इजरायलमा गरेको आक्रमणका क्रममा हमासले अपहरण गरी बन्धक बनाएको नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ हुनेछ । हमासको नेतृत्वलाई प्रभावित सक्ने प्रमुख व्यक्तिहरूमा कतारका अमिर थानी पनि मानिन्छन् । 

कतारको आर्थिक सहयोग, वैदेशिक लगानी, रोजगारीजस्ता विषयहरू परस्परको लाभमा आधारित हुन्छन् । तर, विपिन जोशीको रिहाइका लागि कतारका अमिरले देखाउने मानवीय सदाशय भने विश्व इतिहासमै उदाहरण बन्नेछ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मानवीय संवेदना देखाएर विपिन जोशीको रिहाइमा सार्थक पहल गर्ने अपेक्षा छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement