site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डो 'बेच्न'का लागि होइनन् : प्रशिक्षक टेन ह्याग
Siddhartha BankSiddhartha Bank

काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले सोमबार क्रिस्टियानो रोनाल्डो ‘बिक्रीका लागि नभएको’ बताएका छन् । 

इङ्लिस प्रिमियर लिगको क्लब युनाइटेड अहिले ‘प्री–सिजन टुर’का लागि थाइल्यान्ड भ्रमणमा छ । तर, ३७ वर्षे फरवार्ड रोनाल्डो पारिवारिक कारण देखाउँदै थाइल्यान्ड गएका छैनन् । रोनाल्डोले यूईएफए युरोपा लिग खेल्ने चाहनाका कारण उचित प्रस्ताव आए युनाइटेड छाड्न सक्ने बताएका छन् । तर, युनाइटेडका प्रशिक्षक टेन ह्यागले रोनाल्डोलाई बिक्री नगर्ने स्पष्ट पारेका छन् ।

Agni Group
NIC Asia

“उनी हामीसँग थाइल्यान्डमा छैनन् । त्यो उनको व्यक्तिगत समस्याहरूको कारण हो,” टेन ह्यागले पत्रकार सम्मेलनमा भने,  “हामी रोनाल्डोसँग यो सिजनको लागि योजना बनाउँदैछौँ । म उनीसँग काम गर्न उत्सुक छु ।”

पोर्चुगल स्टार फरवार्ड रोनाल्डोले युनाइटेडसँग क्लब छोड्नका लागि आग्रह गरिसकेको बताइएको छ । तर, प्रशिक्षक टेन ह्यागले आफूलाई यसबारे जानकारी नभएको बताए ।

Global Ime bank

“रोनाल्डोले मलाई यो बताएका छैनन् । मैले समाचारमा पढेको छु । तर, म के भन्छु भने रोनाल्डो बिक्रीको लागि होइनन्,” टेन ह्यागले भने, “रोनाल्डो हाम्रो योजनामा छन् र हामी सँगै सफलता प्राप्त गर्न चाहन्छौँ ।”

रोनाल्डो ओल्ड ट्राफोर्डबाट १२ वर्षपछि फर्किएका हुन् । उनी युभेन्टसबाट गत सिजन युनाइटेडमा फर्किएका थिए । तर, युनाइटेडले छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेपछि च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ । त्यसकारण रोनाल्डोले युनाइटेड छाड्न चाहेका छन् । रोनाल्डोको नाम प्रिमियर लिगकै अर्को क्लब चेल्सी र बुन्डेसलिगाको बायर्न म्युनिखसँग जोडिएको छ ।

युनाइटेडले थाइल्यान्डपछि अष्ट्रेलियाको भ्रमण गर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu