site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इन्डोनेसियाको समुन्द्रमा डुंगा डुब्दा १५ जना बेपत्ता
Siddhartha BankSiddhartha Bank

जाकर्ता । इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरू गएको शनिबारदेखि नै बेपत्ता रहेका र खोजी कार्य जारी रहेको उद्धार टोलीमा खटेका एकजना अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार खराब मौसम तथा हावाहुरीका कारण यहाँको आरफुरा समुन्द्रमा डुंगा पल्टिएको थियो । उक्त डुंगा दुर्घटनापछि यसका रहेका मछुवामध्ये कम्तीमा पनि १५ जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

Agni Group
NIC Asia

उद्धार कार्यमा खटेका अधिकारीहरूले दिएको जानकारी अनुसार उनीहरू आइतबार र सोमबार खोज्दा पनि भेटिएका छैनन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान बिदीले दिएको जानकारीअनुसार सो डुंगामा कम्तीमा पनि २५ जना नागरिक रहेका थिए ।

तीमध्ये १० जनाको शनिबार नै सकुसल उद्धार गरिएको थियो भने अरू १५ जना हराइरहेका छन् । उद्धार जारी रहेको तर उनीहरू जीवितै भेटिने सम्भावना भने अब नरहेको अधिकरीहरूले जनाएका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu