site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बुटवलमा २५ वर्षपछि कांग्रेसले तोड्यो एमालेको ‘किल्ला’
मेयरमा निर्वाचित कांग्रेसका खेलराज पाण्डे ।
SkywellSkywell

बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा (एमाले)को २५ वर्षको विरासत ढलेको छ । एमालेले पटकपटक जित्दै आएको रूपन्देहीको बुटवलमा यसपटक नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका खेलराज पाण्डे ७,५३३ मतान्तरसहित विजयी भएका हुन् ।

प्रजातन्त आएपछि एक कार्यकाल स्थानीय तहमा नेतृत्व गरेको कांग्रेसले २५ वर्षपछि बुटवलको नेतृत्व पाएको हो । 

बुटवलमा खसेको कुल ६३ हजार ११६ मतमध्ये पाण्डेले ३० हजार १३० मत ल्याए । जुन कुल मतको ४७.७३ प्रतिशत हो । एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत ल्याए । उनलाई एमालेकै उपमेयरका उमेदवार भन्दापनि कम मत आयो ।

Dabur Nepal
NIC Asia

राप्रपाका मेयर उमेदवार मृगेन्द्र शेरचनले ४ हजार २९७ मत ल्याए ।

उपमेयरमा भने एमालेकी सावित्रादेवी अर्याल विजयी भएकी छन् । उनी २४ हजार ९०४ मत ल्याउँदै विजयी भएकी हुन् । उपमेयरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का चिनबहादुर गुरुङले १६ हजार ९८० मत ल्याए । राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ मत ल्याएकी छन् ।

वडामा पनि कांग्रेस बलियो धेरै अगाडि छ । बुटवलका कुल १९ वडामध्ये कांग्रेसले ११ वडा जितेको छ । एमालेले ५, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ वडा जिते । एउटा वडामा स्वतन्त्र उमेदवार विजयी भए । 

२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धका उमेदवारलाई पराजित गरेर मेयरमा एमालेका शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य निर्वाचित भएका थिए । त्यतिबेला एमालेका सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज पाण्डेको २० हजार ८५१ थियो । सुवेदी दुईहजार ३९८ मतान्तरले विजयी भएका थिए ।

उपमेयरमा आचार्य २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् । माओवादी केन्द्रका जगतबहादुर पोखरेलको १४ हजार ७९२ मत मात्र थियो । पोखरेल तत्काली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि एमालेमा रछन् । 

त्यस्तै, १९ वटा वडामध्ये एमालेले १५ वडा जितेको थियो ।

बुटवलमा एमालेको विगत
विक्रम संवत् २०१६ सालमा नगरपालिका बनेको बुटवल बुटवल देशकै पुराना नगरपालिकामध्ये एक हो । रूपन्देही क्षेत्र नम्बर–२ मा पर्ने बुटवल एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको गृहनगर पनि हो ।  

२०५६ को तत्कालीन स्थानीय निकायको निर्वाचनमा पनि बुटवलमा एमालको तर्फबाट मेयरमा भोजप्रसाद श्रेष्ठ र उपमेयरमा विमलबहादुर शाक्य निर्वाचित भएका थिए ।

२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रूपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भएका थिए ।

बुटवलबाट एमाले उपाध्यक्ष पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा लगातार भारी मतका साथ जितेर ‘हयाट्रिक’ नै गरेका छन् । बुटवलमा पौडेलले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका नेता तथा हाल जसपा नेता डा. बाबुराम भट्टराईलाई भारी मतान्तरले पराजित गरेका थिए ।

यता २०७४ सालको प्रदेश सभामा क्षेत्र नम्बर २ ‘क’ र 'ख’ मा पनि एमालेका सांसदले जिते । ‘क’ मा लिला गिरी र 'ख’ मा भोजप्रसाद श्रेष्ठले जित हाँसिल गरेका थिए । 

लामो समय एमालेले मात्रै जितिरहँदा बुटवललाई एमालेको ‘गढ’ रूपमा चर्चा गरिन्थ्यो । तर, यसपटक बहुमत वडासहित बुटवलको नेतृत्व कांग्रेसले खोस्यो । अब बुटवलमा जित्न एमालेका लागि निकै चुनौती हुने देखिएको छ । एमाले उपाध्यक्ष पौडेललाई पनि एमालेको विरासत फर्काउन चुनौती हुने देखिन्छ ।

बुटवलमा कांग्रेसको राजनीतिक इतिहास
प्रजातन्त्र आएपछिको २०४९ सालको स्थानीय तहको निर्वाचनमा बुटवलमा कांग्रेसका सूर्यप्रसाद प्रधानले मेयर जितेका थिए । उनको कार्यकाल ५ वर्ष रह्यो । ०५६ सालमा संघीय संसद्को निर्वाचनमा पनि प्रधान विजयी भए । उनले विष्णु पौडेललाई पराजित गरेका थिए ।

२०६४ र ०७० सालमा भएका निर्वाचनमा प्रधान र विष्णु पौडेलबीच नै प्रतिष्प्रर्धा भयो । तर, दुवै चुनाव पौडेलले जिते । ०७४ मा पनि कांग्रेसका युवराज गिरिलाई पराजित गर्दै विष्णु पौडेल विजयी भए ।

को हुन् बुटवलको मेयर जितेका पाण्डे ?
२०२६ साल फागुन ५ गते बुवा लिलाबल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालिगण्डकी २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका ८ सुख्खानगरका वासिन्दा हुन् ।

उनी १३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका थिए । पाण्डेले पार्टी राजनीति बुटवलबाट सुरु गरेपनि विद्यार्थी राजनीति स्याङ्जाबाटै यात्रा सुरु गरेका थिए ।

आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेपाल विद्यार्थी संगठन (नेविसंघ)मा आवद्ध भए ।

त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा  विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव भए ।

विद्यार्थी राजनीतिपछि तरुण दलमा आवद्ध भएका पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए ।

२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन् । श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

पाण्डे २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा पनि बुटवल उपमहानगरपालिकाको प्रमुखका प्रतिस्पर्धी थिए । माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीको सहयोगमा नेपाली कांग्रेसका बुटवल नगर सभापतिसमेत रहेका पाण्डे नगर प्रमुखका प्रतिस्पर्धी बनेका थिए । नगर प्रमुखमा पराजित भएपनि पाण्डेले निर्वाचित भएकाहरूलाई फूलमाला लगाइदिएर बधाई दिए ।

को हुन् उपमेयर जितेकी अर्याल ?
२०३६ सालको आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी सावित्रा अर्यालले २०४७ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर निरन्तर पार्टीमा सक्रिय रहँदै आएकी छन् । हाल एमाले केन्द्रीय सदस्य रहेकी अर्याल २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनीत भएकी थिइन् । २०५४ सालमा उनी वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

२०६२/०६३ को जनआन्दोलनमा घाइतेसमेत भएकी अर्याल बुटवल महिला जेसिजबाट 'लेडी अफ द इयर २००८' बाट सम्मानित भएकी थिइन् ।

बुटवलमा महिला समाजसेवीको पहिचान बनाएकी अर्यालले बाल्यकालमा विद्यालय जान नपाएका आमाहरूका लागि महिला विद्यालय स्थापना गरी शिक्षा क्षेत्रमा अभियान चलाएकी थिइन् । शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै राष्ट्रपतिबाट शिक्षासेवीको जनसेवा श्री चतुर्थबाट विभूषित समेत भइसकेकी छन् ।

अर्याल शिक्षासँगै सञ्चार क्षेत्रमा पनि निरन्तर क्रियाशील छन् । बुटवलमा महिलाहरू मात्रैले स्थापना गरेको रेडियो मुक्तिको पूर्व अध्यक्ष, रेडियो मदनपोखराको संस्थापक सदस्य, लुम्बिनी टेलिभिजनको संस्थापक सदस्य रहेकी उनले जीवन आश्रित स्मृति प्रतिष्ठान र मदन आश्रित अक्षय कोषकी पनि संस्थापक सदस्य रहेर काम गर्दै आएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu