site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालको आशंका : ओली ०८७ सम्मै प्रधानमन्त्री रहन खोजेका हुन् की !
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ६ वर्ष नै प्रधानमन्त्री रहन चाहेकी हो कि भन्ने आशंका गरेका छन् ।

शुक्रबार सिंहदबारमा नेकपा (मओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीचको भेटपछि उनले ओली संविधान संशोधनबाट पछि हटेको सुनिएको बताए ।

“संविधान संशोधनका कुराबाट वर्तमान सरकारका प्रधानमन्त्री पछि हटनुभयो भन्ने सुनिन्छ । कति साँचो हो कति साँचो होइन । जानकारी भएन । मिडिया पढेर धारणा बनाउने स्थिति बन्छ,” उनले भने ।

उनले ०८७ सम्म प्रधानमन्त्री हुने ओलीको चाहना रहेको हुनसक्ने बताए । “०८७ सम्म बस्ने उहाँको चाहना होला । हेरौँ, चुनावै नगरी बस्ने हो कि । संसद् नै भंग गर्ने मान्छेले ठेलेको ठेल्यै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि । थाहा भएन्,” नेपालले भने ।

ओलीले पुस २३ गते केन्द्रीय कमिटी बैठकमा संविधान संशोधन ०८७ मा हुने धारणा राखेपछि राजनीतिक वृत्त तरंगित बनेको छ । उनले संविधान संशोधनका विषयमा आफ्नो पार्टीले कार्यदल बनाइसकेको बताए ।

विपक्षी दलहरूबीच संविधान संशोधनका विषयमा छलफल हुने पनि बताए । “के–के विषयमा सत्ताधारी पक्षले सोचिरहेका छन् । त्यसमा पनि छलफल गरौँला,” उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro