site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्बौँका आयोजना अलपत्र–सेजमा छैन चासो, सम्मेलन केन्द्रलाई खर्च उठाउन सकस
Sarbottam CementSarbottam Cement

बुटवल । लुम्बिनी प्रदेशको आर्थिक राजधानीका रूपमा परिचित रुपन्देहीमा अर्बौँ रुपैयाँ लगानीका आयोजना अलपत्र छ । एकपछि अर्को आयोजना थपिने क्रम बढेको छ । तर, निर्माण सम्पन्न भएकै कतिपय आयोजना सञ्चालनमा आउन सकेको छैन । सरकारले ठूलो रकम लगानी गरेको योजनाबाट प्रतिफल प्राप्त भएको छैन ।

नौ वर्षअघि सञ्चालनमा आएको विशेष आर्थिक क्षेत्र (सेज), बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण सम्पन्न भए पनि पूर्ण रूपमा सदुपयोगमा नआएका योजना हुन् ।

सेजमा छैन चासो, ६८ मध्ये ४५ ‘प्लट’ खाली

Prabhu Bank
Agni Group
NIC Asia


०७१ मंसिरमा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज)को उद्घाटन गरेका थिए । सेजमा कुल ६८ ‘प्लट’ छन् । २२ प्लटमा सात उद्योग सञ्चालनमा छन् । एउटा प्लट विद्युत् सबस्टेसनका लागि छुट्ट्याइएको छ ।

खाली रहेका ४५ प्लटमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको थियो । त्यति बेला १६ उद्योगले स्वीकृति लिएको जनाइएको छ । १६ मध्ये चार उद्योगले संरचना निर्माण थालेका छन् । सञ्चालनका कार्यविधि, नियम नहुँदा सेजले पूर्ण रूपमा उद्योग नपाएको बताइन्छ ।

Global Ime bank

सरकारले स्पष्ट मापदण्ड र नीतिगत व्यवस्था गर्न नसक्दा सरकारी लगानी खेर गइरहेको उद्योेगी बताउँछन् । सेजमा उद्योग सञ्चालन गरेपछि ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान छ । तर, अहिलेको प्रतिस्पर्धी बजारमा निर्यात गर्न सरकारकै विशेष सहयोग हुनुपर्ने उद्योगीको माग छ ।

सेजका कार्यकारी निर्देशक डा. चन्द्रिकाप्रसाद भट्ट भने उद्योगका लागि दिइनुपर्ने सेवासुविधा उपलब्ध रहेको जिकिर गर्छन् । उनले अरू नमिलेका विषय मिलाउने प्रयासमा रहेको बताए ।

बुटवल सम्मेलन केन्द्रलाई खर्च उठाउन सकस

1 (1)1680492238.jpg
बुटवल उपमहानगरपालिका–१०, रामनगरमा एक अर्ब ११ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई आफ्नै खर्च उठाउन गाह्रो छ । गएको भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भव्य समारोहका बीच केन्द्रको उद्घाटन गरेका थिए ।

संघीय सरकार मातहत रहेको सम्मेलन केन्द्र कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि नै बनाइएको छैन । यही कारण कार्यक्रम नहुँदा सञ्चालन खर्च शून्यजस्तै छ ।

उद्घाटनपछि लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगर र दुई सामाजिक संस्थाले गरी चारपटक प्रयोग गरेको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइका प्रमुख धर्मेन्द्र पन्थीले बताए । कार्यविधि नबनाइँदा कुन तरिकाले सञ्चालन गर्ने भन्ने नै टुंगो नभएको उनको भनाइ छ ।

बुटवल मण्डपको नौ बिघा ६ कट्ठा क्षेत्रफलमा निर्मित यो सम्मेलन केन्द्र काठमाडौंबाहिरकै ठूलो भएको जिकिर गरिएको छ । सम्मेलन केन्द्रको मासिक सञ्चालन खर्च करिब १३ लाख रुपैयाँ छ ।

गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल : बढाउँदै निराशा

plane1680492331.JPG
गत वर्ष जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निकै तामझामका साथ गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए । तर, अन्तर्राष्ट्रिय उडानका लागि चाहिने हवाई रुटको अनुमति, आवश्यक उपकरण जडानमा सरकारले समयमै काम नगर्दा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । यो विमानस्थलको प्रमुख समस्या हवाई रुट रहेको छ । सोही कारण स्थानीय एवं व्यवसायी निराश बनेका छन् ।

उद्घाटनको दिनबाटै उडान भरेको जजिरा एयरवेजले बीचमा कुवेत उडान रोकेको थियो । अहिले साताका तीन दिन यहाँबाट जजिराले उडान गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

लामो समय बितिसक्दा पनि यहाँ अरू विमान कम्पनी भित्रिएका छैनन् । सुरुमा उत्साहित आफूहरू विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदा अहिले निराशजस्तै बनेको भैरहवाका पर्यटन व्यवसायी सागर अधिकारीले बताए ।

पाँच हजार क्षमताको लुम्बिनी ध्यान केन्द्रमा कार्यक्रम शून्यजस्तै

Dhyan kendra lumbini1680492237.jpeg
लुम्बिनीमा पाँच हजारजना क्षमताको ध्यान केन्द्र छ । तर, यहाँ अहिलेसम्म तीन कार्यक्रम मात्र भएका छन् । कार्यविधि नहुँदा समस्या आएको र अरू कार्यक्रम हुन नसकेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण (ढुण्डिराज) भट्टराई बताउँछन् । अहिले कार्यविधि निर्माण प्रक्रियामा रहेको उनले बताए ।

५८ करोड ७९ लाख रुपैयाँमा निर्मित यो  सभा हल सञ्चालनमा सक्रियता नदेखिँदा बुद्धजयन्तीको मूल समारोह गर्ने स्थलमा मात्र सीमित हुने चिन्ता बढेको स्थानीय होटेल व्यवसायी खेम श्रेष्ठले बताए ।

सरोकारवाला के भन्छन् ?
लुम्बिनी प्रदेश योजना आयोगका पूर्वसदस्य डा. दामोदर भुसाल ठूला परियोजना निर्माण गर्दा दीर्घकालीन सोच नभई हतार गर्ने गरिएकाले समस्या निम्तने गरेको बताउँछन् ।

विकास परियोजनामा ठूलो लगानी गर्दा त्यसबाट कति लाभ दिन सकिन्छ भन्ने विचार नगरी हतारहतार निर्माण र उद्घाटन गर्ने गरिएको उनको बुझाइ छ । त्यसपछि सञ्चालनका लागि चाहिने आवश्यक कार्यविधि, अरू विषयमा एकले अर्कोको मुख ताक्ने परिपाटीले समस्या उत्पन्न भएको उनी बताउँछन् ।

रुपन्देही क्षेत्र नम्बर–२ ‘ख’का प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले पनि तालमेल नमिल्दा यस्तो समस्या देखिएको जिकिर गरे ।

सुरु गर्दा नै कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट खाका तय नगरिँदा सम्मेलन केन्द्रजस्तै रुपन्देहीमा निर्मित ठूला आयोजना उपयोगविहीनजस्तै बनेका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC