site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीमा समर्थन फिर्ता लिँदै माओवादी, तर नेतृत्वका लागि कांग्रेससँग लफडा
Sarbottam CementSarbottam Cement

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार छ । जसलाई नेकपा (माओवादी केन्द्र)सहितका दलहरूको साथ छ । मुख्यमन्त्री लिला गिरीलाई लुम्बिनी प्रदेश सभाका सात दल र दुई स्वतन्त्र सांसदले मुख्यमन्त्रीमा समर्थन गरेका थिए । 

प्रदेश सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदा गिरी सरकारको आयु केही दिन बढेको छ । तर, अब माओवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । 

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार प्रदेशमा पनि नयाँ गठबन्धनको सरकार बनाउन समर्थन फिर्ता लिन लागेको बताए । उनले आज (बिहीबार) समर्थन फिर्ता लिने प्रतिक्रिया दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीसँगको कुराकानीका क्रममा बरालले बिहीबार संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गर्ने बताए । बिहीबार पार्टीको निर्णय भएपनि प्रदेश सभा बैठकको दिनमा नै समर्थन फिर्ता लिएको आधिकारिक जानकारी गराउने तयारी माओवादीको छ । 

प्रदेश सभा बैठकका लागि सबै प्रदेश सभा सचिवालयमा भएको समयमा समर्थन फिर्ता लिने योजना रहेको माओवादीको भनाइ छ । माओवादीले फेरिएको समीकरणका दलहरूलाई साथमा लिएर एकैपटक समर्थन फिर्ता गर्ने जनाएको छ । 

Global Ime bank

कांग्रेस–माओवादी लडाइको फाइदा मुख्यमन्त्री गिरीलाई
माओवादी केन्द्र र कांग्रेसबीच बन्न लागेको नयाँ सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा लुम्बिनी प्रदेश सभाका कामकाजसमेत प्रभावित बनेको छ । सत्ताको नेतृत्व कसले गर्ने भन्ने विषयमै सहमति हुन नसक्दा लुम्बिनी प्रदेश सरकारलाई नेकपा (माओवादी केन्द्र)ले दिएको विश्वासको मत फिर्ता लिएको औपचारिक जानकारीसमेत गराउन सकेको छैन ।

दलहरूका बिचको तानातानको भुमरीमा परेको लुम्बिनी प्रदेश सभाको मंगलबारका लागि आह्वान गरिएको बैठक सोमबार साँझ सूचना प्रकाशन गरेर स्थगित गरिएको छ ।

मंगलबारको बैठकमा सत्ता समीकरण परिवर्तनका लागि माओवादीसहितका साना दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी गरेका थिए । सोही तयारीका लागि सोमबार गठबन्धन दलको बैठक पनि बसेको थियो । तर, यी दलहरूका बीच सहमति बन्न नसक्दा सदन नै स्थगन गर्ने उपाय निकालिएको छ ।

प्रदेश सभा सचिवालयले सोमबार साँझ सूचना प्रकाशित गर्दै बैठक स्थगित गरिएको जनाएको हो । प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले मंगलबारका लागि आह्वान भएको बैठक सभामुख तुलाराम घर्तीको निर्देशानुसार स्थगित गरिएको जनाएका छन् । अर्को बैठकको सूचना पछि प्रकाशित हुने उनले बताए ।

यसअघि फागुन १७ गते पनि सरकारमा सहभागी साना दलले विश्वासको मत फिर्ता लिनका लागि बैठक आह्वान गरिएको थियो । तर, त्यो दिन पनि राष्ट्रपतिको निर्वाचनपछि सबै दलले एकैसाथ समर्थन फिर्ता लिने भन्दै लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई रोकिएको थियो ।

नेतृत्वमा आ–आफ्नै दाबी

माओवादीनिकट स्रोतका अनुसार मुख्यमन्त्री लिला गिरी र सभामुख घर्तीबीच सरकारकै विषयमा कुराकानी भएपछि बैठक स्थगित गरिएको हो । लुम्बिनी प्रदेशमा नयाँ समीकरणअनुसारको मुख्यमन्त्री कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीको प्रतिस्पर्धा चलिरहेको छ ।

कांग्रेसले निर्वाचनअघिकै एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठन गर्ने बेला भएको सहमति कार्यान्वयन नगरी पूरै समय माओवादी नेतृत्वमा सरकार चलेको र संसद्को दोस्रो ठूलो दल समेत कांग्रेस भएकाले अबको पहिलो नेतृत्व कांग्रेसले पाउनुपर्ने दाबी गर्दै आएको छ ।

माओवादीले लुम्बिनीमा आफ्नो आधार क्षेत्र र सहमतिका लागि सजिलो हुने भन्दै पहिलोपटकमै नेतृत्व लिने गरी केन्द्रमा दबाब बढाएको छ ।

"नेतृत्वकै विषयमा कुनै टुंगो नलागेकाले मंगलबारको बैठक स्थगित गरिएको हो, यो कांग्रेसलाई पनि दबाब पार्ने योजनामा आएको हो," माओवादीका एक नेताले भने ।

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नयाँ सरकारको नेतृत्व लिने तयारीमा छन् । नेकपा (माओवादी केन्द्र)बाट संसदीय दलका नेता जोखबहादुर महराले दाबी गरिरहेका छन् । महरा पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयमा बसेर लामो समय काम गरेका नेता हुन् । उनी मुख्यमन्त्री बन्ने सहमतिमै रोल्पाबाट प्रदेश सभा निर्वाचन लडेका थिए ।

कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले माओवादीले यसअघिकै सरकार सहमतिमा नेपाली कांग्रेसलाई नदिएकाले अहिले स्वाभाविक रूपमा कांग्रेसले पाउने बताउँछन् । माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले कांग्रेसको दाबी स्वाभाविक भएपनि आफूहरूको आधार इलाका भएकाले केन्द्रमा दाबी गरिरहेको जनाएका छन्।

लुम्बिनीमा एमाले नेतृत्को सरकारमा माओवादी केन्द्र, जसपा र जनमत पार्टी छन् । नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)ले बाहिरबाट समर्थन गरेका छन् । उनीहरू सबै एमालेको विपक्षमा छन् । ८७ सदस्यीय प्रदेश सभामा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा लिला गिरी पुस २७ गते नियुक्त भई माघ ५ गते विश्वासको मत लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC