site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
विराटनगरमा हुँदै फर्स्ट फ्लाएर्स फिल्म अवार्ड
SkywellSkywell

काठमाडौं । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा ‘ फर्स्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ । ०७९ को वैशाख २४ गते विराटनगरमा अवार्ड आयोजना हुनेछ । 
 
मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तारको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले बताए । उनले भने, ‘विराटनगरजस्तो ठूलो सहरमा समेत नेपाली फिल्मको बजार उच्च छैन । कतिपय राष्ट्रियस्तरका कलाकारलाई समेत दर्शकले चिन्दैनन् । त्यसैले यो अवार्डले नेपाली फिल्म तथा कलाकारप्रति दर्शकको अभिरुचि बढाउने विश्वास लिएका छौं ।” 
 
“मैले केही वर्ष मुम्बइमा काम गरेको अनुभव र त्यहाँको साइमन फिल्मस्को डिजाइनअनुरुप भब्यताका साथ कार्यक्रम गर्ने योजना छ,” उनले भने । 

कार्यक्रममा अभिनेता सरोज खनालले नेपाली फिल्मको विकासमा यो अवार्डले टेवा पुर्याउने विश्वास ब्यक्त गरे । उनले भने, “अधिकांश अवार्डहरु राजधानीमा मात्रै केन्द्रित भइरहेको पाइन्छ । तर, फर्ष्ट फ्लाएर फिल्म अवार्ड पहिलोचोटी नै मोफसलमा हुन लाग्नु निकै खुसीको कुरा हो । अन्य अवार्डभन्दा यो निश्चय नै विशेष हुने विश्वास छ ।” 

Dabur Nepal
NIC Asia

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बिराटनगरमा अवार्ड हुन लागेको सुन्दा आफूलाई निकै खुसी लागेको बताइन् । “पहिलो संस्करण नै विराटनगरमा आयोजना हुन लागेको यो अवार्डले नेपाली चलचित्रको मोफसल बजार र कलाकारको मनोबल उच्च बनाउने छ भन्ने आशा मलाई छ ।” 

चलचित्रसम्बन्धी विभिन्न २१ विधामा अवार्ड प्रदान गरिने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
                   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro