site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूगोल साहित्य समाजको साधारणसभा सम्पन्न : कथाकार पाठक पुरस्कृत

काठमाडौं । साहित्यिक संस्था भूगोल साहित्य समाजले आफ्नो पाँचौँ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । उक्त अवसरमा समाजले ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८१’ कथाकार हिरण्यकुमारी पाठकलाई प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रामबहादुर पहाडीले पाठकलाई पुरस्कृत गरे । पुरस्कारकासाथ २५ हजार २५ रुपैयाँ नगद राशिसमेत प्रदान गरियो । पुरस्कार कवि ओमप्रकाश आचार्यले स्थापना गरेका हुन् ।

समाजले यसअघि यो पुरस्कार साहित्यकारहरू देवीचन्द्र श्रेष्ठ र रामबहादुर पहाडीलाई प्रदान गरिसकेको छ ।

विनोद नेपालको सभापतित्वमा सम्पन्न साधारणसभाले विभिन्न प्रतिवेदनहरू पारित गरेको छ । 

सभाले साहित्यकार विनोद नेपाललाई अध्यक्षमा पुनः चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिवमा शैलेन्द्रकुमार शाह, कोषाध्यक्षमा हरिश्चन्द्र गौतम र सदस्यहरूमा लक्ष्मीप्रसाद पराजुली, मुकुन्द अर्याल, गीता निरौला भण्डारी, सूर्यबहादुर बस्नेत र ओमप्रकाश आचार्यलाई चयन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro