site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
निबन्धकार ज्ञानेन्द्र विवशको कृति ‘अर्धकदको अवसान’ प्रकाशित 

काठमाडौं । निबन्धकार ज्ञानेन्द्र विवशको नयाँ निबन्ध संग्रह ‘अर्धकदको अवसान’ प्रकाशनमा आएको छ । विवशले लेखेका कलापरक सचित्र जीवनी कृति र कलानिबन्धका पुस्तकहरू पनि प्रकाशित छन् ।

निबन्धकृति ‘अर्धकदको अवसान’ कृतिकार विवशको १५औँ कृति हो । यसमा तीन दर्जन निबन्धहरू समेटिएका छन् । यसलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस कृतिभित्र आफ्नो भनेको आफ्नै हुन्छ, प्रकृति तिमीलाई प्रणाम, आफैँ हामी आफ्नो होइनौँ, जीवन यादहरूकै दस्तावेज, प्रकृति तिमी भएर म, हेर्नुको सत्य, देख्नुको सौन्दर्य, फड्को मार्दै पाइलाहरू, अर्धकदको अवसान, शारदीय सौन्दर्य, ऋतुहरूमा मङ्सिर, सौन्दर्यको व्यञ्जन, प्रकृति र जिन्दगी, बादल बयान, भेटिनु–नभेटिनु, सौन्दर्य र सुगन्ध, नभेटिएको भेटलगायत निबन्धहरू छन् ।

विवशका अन्य प्रकाशित कृतिहरूमा– ‘पीडाका अनुभूतिहरू’, ‘क्यानभासका तरङ्गहरू’, ‘राराकी अप्सरा’, ‘मृत्यु उत्सव’, ‘आकृतिको आवाज’, ‘प्रणय र पाइला’, ‘अन्नपूर्णका विम्बहरू’, ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’, ‘प्रसिद्ध नेपाली पौभा कलाकार’, ‘सुन्दरीचोक’, ‘साँखुका सम्पदा र वास्तुकला’, ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’, ‘प्रतिनिधि नेपाली कलाकार’, ‘कलाकार सिद्धिमुनि शाक्य : जीवन र कला’ रहेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २३:३५
प्रतिक्रिया दिनुहोस्