site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
डा. खनालको ‘सावर्णि’ सार्वजनिक 

काठमाडौं । डा. श्रीधर खनालको लेखनीमा एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ एक समारोहका बीच सार्वजनिक भएको छ । बालरोग विशेषज्ञ डा. खनालको यो साइन्स फिक्सन प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक भएको हो । 

शनिबार सम्पन्न कार्यक्रममा प्रा.डा. अभि सुवेदी, डा. रवीन्द्र समीर, सगुना शाह र कृतिकार खनालले उपन्यास संयुक्त रूपमा लोकार्पण गरे । कार्यक्रममा बोल्दै डा. समीरले अब मानिसहरू ‘सावर्णि’ युगमा प्रवेश गर्न लागेको उल्लेख गरे ।  

सगुना शाहले यदि मान्छेको अध्ययनको दायरा फराकिलो भए उसले पृथक किताब लिएर आउने बताइन् । 

लेखक डा. खनालले सबैलाई धन्यवाद दिँदै बाह्रखरी कथा प्रतियोगिता आफ्नो कथा उत्कृष्ट २५ भित्र पर्न सफल भएको उल्लेख गरे । उनले यही उपन्यासको केही अंश समेटेर उक्त कथा तयार पारेको बताए । 

पेसाले बालरोग विशेषज्ञ रहेका खनाल अस्तित्व फाउन्डेसनका संस्थापक समेत हुन् । यस फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ । ‘सावर्णि’को रोयल्टीबाट प्राप्त केही प्रतिशत रकम खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउने बताए ।

पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro