site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘महालक्ष्मी साहित्य पुरस्कार २०८०’ साहित्यकार मुना अर्याललाई प्रदान 

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी साहित्य पुरस्कार २०८१’ साहित्यकार मुना अर्याललाई प्रदान गरेको छ ।

शनिबार आयोजित एक कार्यक्रमका बीच साहित्यकार अर्याललाई उक्त पुरस्कार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदान गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर) ले भाषा, साहित्यका क्षेत्रमा योगदान पुर्‍याउने साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ २०५९ सालदेखि यो पुरस्कारको स्थापना गरेको प्रेषित विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्ति अनुसार यस वर्ष मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २३:३९
प्रतिक्रिया दिनुहोस्