site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री घरैमा गएर ओलीलाई भेटेपछि सुध्रिएला राजनीतिक अवस्था ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । एमालेले गएको साउन ३ गतेदेखि संसद् अवरोध जारी राख्दा संसद्ले काम गर्न पाएको छैन । संसद्को गतिरोध अन्त्यको प्रस्ताव लिएर प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेता भेट्न बालकोट पुगेका हुन् ।

उक्त भेटवार्तापछि ओलीले नै ‘हामीबीचको कुराकानी राम्रो भयो’ भनेर सकारात्मक सन्देश दिने प्रयास गरेका छन् । तर, प्रधानमन्त्रीबाट औपचारिक प्रतिक्रिया आएको छैन ।

यसअघि, असोज १४ र पुस ४ गते प्रधानमन्त्री देउवाले सवर्दलीय बैठक आह्वान गर्दा एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यति बेला संवादबाट किन भाग्दै हुनुहुन्छ ? भन्ने प्रश्नमा एमालेका जिम्मेवार नेताहरूले भनेका थिए– समस्या समाधान गर्ने प्रधानमन्त्री र सभामुखले हामीसँग वार्ता गरून्, सर्वदलीय बैठकबाट समाधान निस्कँदैन । त्यसैले वार्तामा जाँदैनौँ ।

शनिबार प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई भेट्दा त्यस्तो प्रतिक्रिया दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई दुवै काठमाडौंभन्दा बाहिर थिए । जिल्ला अधिवेशनका लागि गृहजिल्ला पुगेका उनीहरूलाई प्रधानमन्त्रीले भेटेर कुरा गरेपछि राजनीतिक अवस्थामा बदलाव आउला ? भनी प्रश्न गर्दा दुवैजनाले जिल्ला बाहिर रहेकाले जानकारी नभएको प्रतिक्रिया दिए ।

Royal Enfield Island Ad

काठमाडौंमै रहेका उपमहासचिव विष्णु रिमाल पनि प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको भेटवार्तामा भएका कुराकानीबारे अनविज्ञ छन् । “प्रधानमन्त्री देउवा र अध्यक्ष कमरेड ओलीबीच एक्ला–एक्लै भेटवार्ता भएको छ, अध्यक्ष कमरेडले कुराकानी राम्रो भएको छ भन्नुभएको छ । तर, प्रधानमन्त्रीले केही बताउनुभएको छैन,” उपमहासचिव रिमालले बाह्रखरीसँग भने, “दुवैजनासँग कुरा नभई यसबारे अनुमान गर्नु उपयुक्त नहोला ।”

उनले वार्ता सुरु हुनु नै सकारात्मक भए पनि वार्ताले सकारात्मक परिणाम दिने अवस्था बनेको/नबनेकोबारे केही भन्न नसकिने बताए ।

प्रधानमन्त्री देउवाले पनि भेटमा भएका कुराकानीका विषयमा आफूनिकट नेताहरूलाई समेत केही बताएका छैनन् । नेपाली कांग्रेसका नेता रमेश लेखक प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीचको भेटघाट आफैँमा सकारात्मक प्रारम्भ भएको भन्दै यसले भोलिका दिनमा सकारात्मक परिणाम ल्याउने अपेक्षा गर्नुपर्ने बताउँछन् ।

यसअघि, देउवा प्रधानमन्त्री भएपछि एमालेले ‘परमादेशबाट बनेको सरकार’ भन्दै आएको थियो । प्रधानमन्त्री देउवाले चितवन पुगेर एमाले महाधिवेशनमा सम्बोधन गरेका थिए भने कांग्रेस महाधिवेशनमा पनि ओलीले सम्बोधन गरेका थिए । तर, दुई नेताबीच राष्ट्रिय समस्या समाधानको सूत्र पहिल्याउनका लागि वार्ता भने भएको थिएन ।

०५८ सालको संसद् विघटन गरेका विषयमा देउवालाई ‘अप्रजातान्त्रिक व्यक्ति’को रूपमा व्यंग्य गर्ने ओलीले धेरैजसो समय भने देउवा आफ्नो साथी भएको बताउने गरेका छन् । प्रधानमन्त्री हुँदा गोप्य रूपमा सुरक्षा समेत नलिई देउवा निवास पुग्ने ओलीले उनी सत्तामा गएपछि भने सरकारका विषयमा वैधानिकता र म्यान्डेटको प्रश्न उठाउँदै आएका छन् ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही नगरेर नयाँ पार्टी निर्माणमा सहयोग गरिदिएकोमा ओली प्रधानमन्त्री देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग आक्रोशित छन् । त्यही आक्रोशमा साउन ३ गतेयता एमालेले संसद्मा अवरोध जारी राखेको छ । आपत्कालीन कार्यसूचीमा संसद्ले अवरोधमै निर्णय गरिरहे पनि थुप्रै कानुनका विधेयकहरू संसद्मा अलपत्र छन् । जनप्रतिनिधिले संसद्मा जनताको आवाज उठाउन पाएका छैनन् ।

संसद् नियमित चल्न नसक्दा सर्वोच्च अदालतमा जारी अन्योलका विषयमा समेत जनप्रतिनिधिले छलफल गर्न पाएका छैनन् । ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भ्रष्ट र अपारदर्शी’ भएको भन्दै नेपाल बार एसोसिएसनले महाअभियोग लगाउन संसद्मा रहेका दलहरूको आधार र कारणसहित लिखित ध्यानाकर्षण गराइसकेको छ । बारले त्यस्तो ध्यानाकर्षण गराएलगत्तै प्रधानन्यायाधीश जबराको पारिवारका सदस्यको अकुत सम्पत्ति रहेका विरणहरू पनि सार्वजनिक हुन थालेका छन् । तर, एमालेले प्रधानन्यायाधीशको राजीनामाले समस्या समाधान नहुने भन्दै प्रधानन्यायाधीशको बचाउ गरिरहेको छ ।

यस्तो अवस्थाले नेतृत्व पुस्ता मात्र होइन, वर्तमान राजनीतिक व्यवस्था नै असफल हुन लागेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँग यही पुस २१ गते भेटवार्ता गरेका थिए । त्यसलगत्तै नेता पौडेलले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका नेताहरूसमक्ष ओलीसँग वार्ता गर्नुपर्ने प्रस्तावसमेत राखेका थिए । संसद् अवरुद्ध हुने, अदालत अनिर्णयको बन्दी हुने अवस्थाले व्यवस्था र पुस्ता एकैपटक असफल हुने संकेत गरेको उनको बुझाइ थियो ।

गठबन्धनमा पौडेलले प्रतिपक्षीसँग वार्ता गर्नुपर्ने प्रस्ताव राखेपछि प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली भेट्न उनकै निवास बालकोट जाने तय भएको थियो । तर, शुक्रबार प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा ओली भेट्न एक्लै बालकोट पुगेका थिए । भेटमा ठोस उपलब्धि नभएर हो वा अन्य कारण दुवै नेताले आफूहरूबीचको कुराकानी निकट नेताहरूलाई पनि बताएका छैनन् ।

विश्लेषकहरू प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीचको वार्ता आफैँमा सकारात्मक भएको भन्दै भेटवार्ता पनि थप सकारात्मक भएको संकेत गर्छन् ।

“लामो समय देखिएको संवादहीनता तोडियो । यो आफैँमा सकारात्मक सन्देश हो,” विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, “संसद् लामो समयदेखि अवरुद्ध छ । सत्तापक्ष र प्रतिपक्ष दुवैका भूमिकाबाट मात्र संसद् सञ्चालन हुनसक्छ । प्रधानमन्त्रीबाट संसद् सञ्चालनका लागि भएको प्रयासलाई सकारात्मक मान्नुपर्छ ।”

उनी भेटपछिका नेताहरूका ‘बडी ल्याङ्वेज’ र ओलीको प्रतिक्रिया हेर्दा केही उपलब्धि पनि हुने विश्लेषण गर्छन् । “ओलीको संक्षिप्त प्रतिक्रियाबाट विश्लेषण गर्दा भेटवार्ता सकारात्मक भएको आकलन गर्न सकिन्छ,” वाग्लेले बाह्रखरीसँग भने ।

ओली प्रधानमन्त्री हुँदा पनि वर्तमान प्रधानमन्त्री देउवा ओलीसँग निकट भएको भनेर टिप्पणी हुने गरेको थियो । संवैधानिक परिषद्का नियुक्तिमा देउवा अनुपस्थित हुँदा नै उनका सिफारिस कार्यान्वयन हुँदा त्यो टिप्पणीमा थप बल पुग्ने गरेको थियो ।

विश्लेषक डा. विष्णु दाहाल त अबका दिनमा वर्तमान सत्ता गठबन्धन भत्कने र देश ‘अर्ली’ चुनावमा जाने विश्लेषण गर्छन् । “अन्तिममा देउवा र ओली मिलेर नै चुनावमा जाने हो र अब स्थानीय तहलाई केही पछि धकेलेर सबै तहका निर्वाचन एकसाथ हुन सक्छन्,” दाहालले भने, “चुनावमा जाने सर्तमा सर्वपक्षीय सरकार बनाउने प्रस्ताव प्रधानमन्त्री देउवाले स्वीकार गर्न सक्छन् ।”

ओलीले आफूलाई सुरक्षित गर्न त्यस्तो प्रस्ताव राख्न सक्ने र देउवाले पनि आफूलाई सहज हुने विकल्प रोज्न सक्ने दाहालको विश्लेषण छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro