site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्वजनिक यातायात चढ्ने यात्रुले दुई रुपैयाँ फिर्ता माग्ने बानी बसाल्नोस् !
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । धादिङकी रेजीना श्रेष्ठ जोरपाटी, बेसीगाउँमा डेरामा बस्छिन् । उनी चाबहिलस्थित एक कार्यालयमा काम गर्छिन् ।

शुक्रबार उनी जोरपाटीदेखि ८४६६ नम्बरको साझा यातायातको गाडी चढेर चाबहिलतिर लागिन् । ओर्लिने बेलामा २० रुपैयाँ दिँदै उनले दुई रुपैयाँ मागिन् । सहचालकले २० रुपैयाँ नै भाडा भन्दै दुई रुपैयाँ फिर्ता दिएनन् ।

गौशालामा बस्ने इन्दिरा सुनुवार त्रिपुरेश्वस्थित एक छापाखानामा काम गर्छिन् । उनलाई पनि दैनिक गौशालादेखि त्रिपुरेश्वरसम्म ओहोरदोहोर गर्नुपर्छ । पछिल्लो समयमा उनले दैनिक गाडी चढ्दा २० रुपैयाँ भाडा तिर्दै आएकी छन् । उनी सहचालकसँग दुई रुपैयाँ माग्छिन्, तर फिर्ता पाउँदिनन् । त्यसपछि २० रुपैयाँ नै तिरेर हिँड्छिन् ।

KFC Island Ad
NIC Asia

यस्तै कैयौँ यात्रुहरूले दुई रुपैयाँ माग्दा सहचालकले फिर्ता दिँदैनन् । अधिकांश यात्रुहरूले पनि दुई रुपैयाँ माग्दैनन् । छाडिदिन्छन् ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यही कात्तिक १ गतेदेखि लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको थियो । प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ को नियम ६ को उपनियम २ को अधिकार प्रयोग गरी भाडादर बढाइएको हो ।

Royal Enfield Island Ad

उक्त भाडादरबमोजिम पाँच किलोमिटर दूरीमा १८ रुपैयाँ, १० किलोमिटर दूरीमा २३ रुपैयाँ, १५ किलोमिटर दूरीमा २७ रुपैयाँ, २० किलोमिटर दूरीमा ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यो आधारमा काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा  न्यूनतम १८ रुपैयाँ तिर्नुपर्ने हुन्छ । १८ रुपैयाँ भाडादर पाँच किलोमिटर दूरीमा लागु हुने भाडादर हो । तर, सार्वजनिक सवारीसाधनमा यो नियम लागु हुनसकिरहेको छैन । सार्वजनिक सवारीसाधनहरूले यात्रुहरूसित तोकिएको भाडादरभन्दा बढी रुपैयाँ असुल्ने गरेका छन् । यसले गर्दा दैनिक लाखौँ यात्रुहरू ठगिँदै आएका छन् ।

यात्रु सुनुवार भन्छिन्, ‘‘हामीले तिर्नुपर्ने भाडा १८ रुपैयाँ हो, तर जहिले गाडीमा ओहोरदोहोर गर्दा पनि २० रुपैयाँ तिर्नुपर्छ । दुई रुपैयाँ फिर्ता माग्दा पाउँदैनौँ । १५ रुपैयाँ दिदा पाँच रुपैयाँ पुगेन भन्छन् । सार्वजनिक यातायातले २० रुपैयाँ लिन हुने, हामीले १५ रुपैयाँ तिर्न नहुने ? दैनिक जागिरका लागि ओहोरदोहोर गर्नैपर्छ । दैनिक ओहोरदोहोर गर्ने लाखौँ यात्रुहरू ठगिइरहेका छन् ।”

दुई रुपैयाँ फिर्ता माग्न लजाउँछन् यात्रु
सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालले यात्रुहरूले २० रुपैयाँ तिरेर सहचालकसित दुई रुपैयाँ माग्न लजाउने गरेको जनाएको छ ।

महासंघका महासचिव भरत नेपाल यस विषयमा काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरू, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघले छलफल गरी भाडादरबारे प्रतिबद्धता जाहेर गरेको बताउँछन् । १८ रुपैयाँ भाडा तिर्नुपर्ने तर दुई रुपैयाँ खुद्रा रुपैयाँ प्रायःजसो नपाइने महासचिव नेपालको भनाइ छ ।

उनी भन्छन्, ‘‘यात्रुलाई दुई रुपैयाँ फिर्ता गर्नैपर्छ भन्ने सहमति भएको छ । गाडीवालाले याुत्रले फिर्ता पाउनुपर्ने रुपैयाँ दिनैपर्छ । तोकिएको भाडादरभन्दा एक रुपैयाँ बढी भाडा लिन पाइँदैन । गाडीवालाले बदमास गरेको हुनुपर्छ । अर्को कुरा, यात्रुहरूले आफूले पाउनुपर्ने दुई रुपैयाँ माग्न लजाउने गर्छन् । जाबो दुई रुपैयाँ भनेर छोडिदिन्छन् । कोही–कोही यात्रुले मात्रै माग्छन् । नत्र दुई रुपैयाँ, पाँच रुपैयाँ जाबो भन्दै छोडिदिन्छन् ।”

सार्वजनिक यातायात व्यवसायीले मात्रै नभई यात्रुले पनि खुद्रा रुपैयाँ बोकेर यात्रा गर्नुपर्ने महासंघको भनाइ छ । यात्रुलाई दुई रुपैयाँ फिर्ता दिनैपर्छ भनेर निर्देशन दिइएको नेपाल बताउँछन् । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नोट छाप्न बन्द गरेकाले खुद्रा रुपैयाँको समस्या हुने गरेको महासंघले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाभित्र चल्ने दुई हजार ५६७ वटा सार्वजनिक गाडीहरूमा कात्तिक १ गतेदेखि लागु भएको १८ रुपैयाँवाला भाडादर टाँसेको जनाएको छ ।

महाशाखाका प्रवक्ता सञ्जीव दास शर्माले यात्रुहरूले १८ रुपैयाँभन्दा बढी भाडा तिर्नुपर्दा पनि ट्राफिकलाई गुनासो नगरेको बताए । ‘‘उपत्यकाभर तीस हजारभन्दा बढी गाडीहरू गुड्छन । यात्रुहरूले कम्प्लेन गरेको आधारमा र महाशाखाले अनुगमन गरेको आधारमा यातायात व्यवस्था विभागको प्रचलित कानुनबमोजिम ५०० देखि पाँच हजार रुपैयाँसम्म जरिवाना गरेका छौँ,” प्रवक्ता दासले भने ।

ट्राफिक महाशाखाले यात्रुहरूले दुई रुपैयाँ फिर्ता माग्ने बानी बसाल्नुपर्ने र फिर्ता नपाएको खण्डमा महाशाखाको १०३ नम्बरमा ठगिएको गुनासो टिपाउन आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro