site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैँ यात्रा : ‘सडकको अवस्था भद्रगोल छ’
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ–तिहार नजिकिँदै छ । दसैँमा गाउँ जाने यात्रुहरूका लागि गएको सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । ट्राफिक प्रहरी र नेपाल प्रहरीको सुरक्षामा उपत्यकाका विभिन्न ठाउँबाट गाडी छुट्ने व्यवस्था मिलाइएको छ ।

असोज दोस्रो साता लागिसक्दा पनि मनसुन सक्रिय भइरहेको अवस्था छ । केही सडकहरू अवरुद्ध छन् । जीर्ण छन् ।

यसपालिको दसैँमा १० लाख मानिसले उपत्यका छाड्ने यातायात व्यवस्था विभागको अनुमान छ । यातायात व्यवसायीले सरकारलाई सडक मर्मत–सम्भार गरेर गाडी आवतजावत हुने वातावरण मिलाउन माग गर्दै आएका छन । बर्खाको समयमा बाढी–पहिरोका कारण दुर्गमका अधिकांश जिल्लाहरूमा जाने विभिन्न सडकहरू अवरुद्ध छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दसैँअघि नै सडक मर्मत गर्न सरकारलाई आग्रह गरिएको बताउँछन् । उनका अनुसार अहिले सडक पिच गर्ने अवस्था नरहे मर्मत–सम्भार मात्रै गरेर भए पनि सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ ।

‘‘निरन्तर वर्षा भई बाढी–पहिरोले विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । कतिपय सडकहरू एकतर्फी मात्रै सञ्चालनमा आइरहेका छन् । दसैँको बेलामा यी सडकमा दुईतर्फी नै सवारी गुडाउनुपर्ने हुन्छ । सडक मर्मत–सम्भार नभए गाडी गुडाउने अवस्था रहँदैन,” उनले भने, ‘‘यात्रुहरू बीचमा अलपत्र पर्ने, दुर्घटनाको उच्च जोखिम हुन्छ । दसैँको समयमा यात्रुहरू समयमै गाउँसम्म पुग्न समस्या हुन्छ र यातायात व्यवसायीलाई पनि समस्या पर्छ । यस्तो हुँदा गाडी गन्तव्यस्थलसम्म जाने अवस्था हुँदैन ।”

Royal Enfield Island Ad

दसैँलाई लक्षित गर्दै यातायात व्यवसायीले नयाँ गाडीहरू पनि सञ्चालनमा ल्याउने उनले जानकारी दिए । ‘‘दसैँको अवसर पारेर केही नयाँ गाडी सञ्चालनमा आइसकेका छन् । केही सञ्चालनमा ल्याउने तयारी छ । तर, सुविधासम्पन्न गाडी गुड्ने सडकको अवस्था भद्रगोल छ । साँघुरा सडक, खाल्डाखुल्डी, बाढी–पहिरोका कारण सडक गाडी गुडाउन लायक छैनन् । अहिलेसम्म मनसुन सक्रिय नै छ । गाडी जाँदाजाँदै बीचमा सडक अवरुद्ध हुने सम्भावना पनि उत्तिकै छ,” सिटौलाले भने, ‘‘अब यस्तो अवस्थामा सडक मर्मत–सम्भारको काम तीव्र गतिमा होस् । अवरुद्ध भएका सडकमा गाडी गुडाउँदा गाडी बिग्रने, यात्रुलाई गन्तव्यस्थलसम्म कसरी पुर्‍याउने भन्ने चिन्ता छ । करोडौँको लागतमा किनेका गाडीहरू गुड्ने सडकको अवस्था हेर्दा व्यवसायीको लागत डुब्ने सम्भावना पनि उत्तिकै छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विभिन्न जिल्लामा वर्षाका कारण अवरुद्ध भएका सडकहरूको मर्मत–सम्भारका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ दसैँमा गाउँ जाने यात्रुहरूकै हकहितलाई मध्यनजर गर्दै सडक मर्मत–सम्भारको काम अगाडि बढाइएको बताउँछन् ।

‘‘सडक मर्मत गरी यात्रुलाई सहज यात्रा गराउन मन्त्रालय लागिपरेको छ । दसैँअगाडि नै गाडी गुडाउन लायक सडक बनाउने गरी काम भइरहेको छ । एकतर्फी सञ्चालनमा रहेका सडकमा पनि दुईतर्फी सवारीसाधनहरू गुड्नेछन् । अबको पाँच–सात दिनमा सडक मर्मत–सम्भार भई गाडी गुड्न लायक सडक हुनेछन्,” उनले भने ।

मन्त्रालयका अनुसार देशभरका करिब १२५ वटा सडक एकतर्फी सञ्चालन भइरहेका छन् । करिब ९० वटा सडक दुईतर्फी सञ्चालनमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro